हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले दोश्रो एकिकृत बस्तीको शिल्यान्यास गरेका छन् । भूकम्पगएको ठ्याक्कै एक वर्ष पुगेको दिनआजबिहान ११ बजेर ५६ मिनेटमा उनीहरुले मेलम्ची ८, गिरानचौरमा दोश्रो एकिकृत बस्तीको शिल्यान्यास गरेकाहुन् । बस्ती निर्माणको कामथालनीस्वरुपगिरानचौर एकिकृत बस्तीमा सामूदायिकभवनको जगशिल्यान्यास गरिएको हो । यस अघि विभिन्नव्यक्ति, संघ संस्थाको सहयोगमाधुर्मुस सुन्तलीले काभ्रेको डाँडा गाउँमापहिलोएकिकृत नमुना बस्ती बनाएकाथिए । गिरानचौरमा रहेका६५ परिवारकालागि करीब ६ महिनाभित्रएक घर, एक धारो, एक चर्पी, एक बगैँचालगायतका संरचनानिर्माण गरेर हस्तान्तरण गर्ने फाउण्डेशनको लक्ष्य छ । गिरानचौर एकिकृत बस्तीलाई बालमैत्री, वातावरणमैत्री र पर्यटकीय पनिबनाइने फाउण्डेशनले जनाएको छ । पुनर्निर्माणमा ढिलाइ भइरहेकाले सरकारलाई सघाउने उद्देश्यले नयाँनमुनाबस्ती बनाउने अभियानमालागेको फाउण्डेशनकाअध्यक्षसिताराम कट्टेलले बताएका छन् । धननभएपनि ठूलो मन लिएर बस्तीको शिल्यान्यास गरेको बताउँदै उनले सहयोगीहातहरुको खाँचो रहेको औँल्याएका छन् । गिरानचौर एकिकृत बस्ती निर्माणको कामथालनीगदै गर्दा उनले पहिलो एकिकृत बस्ती बसाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्थाहरुलाई पनिधन्यवाददिएका छन् । देश विदेशबाट सहयोग गर्ने केहि प्रतिबद्धताहरु आउनथालेकोमाखुशिव्यक्तगर्दै उनले त्यीनै प्रतिबद्धताका कारण कामगर्ने आँट पलाएको जनाएका छन् । साढे तीन करोड अनुमानीतलागत रहेको यो बस्ती निर्माणको थालनीगर्दा अहिले फाउण्डेशनको खातामाजम्मा १ लाख७४हजार रुपैँयामात्र रहेको फाउण्डेशनकीकोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् । मनदेखि आँटेको काम पुरा गर्न मनकारी मान्छे, संघसंस्थाहरु भेटिने आशामागिरानचौर एकिकृत बस्ती बसाउनआफूहरु अघि सरेको उनको भनाई छ । सामाजिककामगर्न पाउँदाको खुशिअन्यकुनै पनि कामबाट प्राप्तहुननसक्ने भएकाले ६५ परिवार भूकम्प पिडितको दुखकमगर्न लागि परेको उनी बताउँछिन् । भूकम्प पिडितको घाउमा मल्हमलगाउने यस अभियानमा साथदिनउनले सबैमाअपिल गरेकी छिन् । आर्थिक रुपमा सहयोग गर्न नसक्नेहरुले श्रमदानमार्फत पनि बस्ती निर्माणमा सहयोग गर्न सकिने फाउण्डेशनले जनाएको छ ।
प्रतिक्रिया