थानापति सेवा समाजको आव्हान, सामाजिक सेवामा हाम्रा सृजनशील हातहरु अगाडी बढाऔं

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ बैशाख २०७३, आईतवार ०६:२८
  • भरतराज उप्रेती, काठमार्डाैं

थानापति सेवा समाजले २०७३ बैशाख ११ गते शनिबारका दिन रमणीय पर्यटकीय तथा साँस्कृतिक विविधताको धनी स्थान ललितपुरको गोदावरीमा शुभकामना आदान प्रदान सँगै वनभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा काठमाडौंमा छरिएर रहेका २०० भन्दा बढी थानापति बासिन्दाहरुको सहभागीता रहेको थियो । IMG_6595
वनभोज तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै समाजका सल्लाहकार बाबुकाजी पाठकले थानापति सेवा समाजको स्थापना सामाजिक उत्तरदायित्वको पहिलो खुट्किलो भएकोले समाज विकास र सेवाका लागि थप खुट्किलो पार गर्दै छतमा पुग्नका लागि सबै थानापतिबासीहरुको सहयोग साथ आवश्यक रहेको बताउनुभयो ।
। थानापति सेवा समाजले कुनै दलगत स्वार्थ, जातीय भेदभावलाई स्वीकार नगर्ने समाजका अध्यक्ष होमनाथ थपलियाले बताउनुभयो । हामी हाम्रो सामाजिक उत्तरदायित्वलाई पूरा गर्ने उद्देश्य एवं नयाँ भिजन भएका युवा पुस्ताको सोचलाई सामाजिक विकासका लागि प्रयोगमा ल्याउने लक्ष्य र सोचका साथ थानापति सेवा समाजलाई अगाडी बढाउदै लैजानेछौं समाजका महासचीव पुरुषोतम थपलियालले बताउनुभयो ।
समाजलाई अगाडी बढाउन आर्थिक स्रोतको आवश्यकता भएकोले आर्थिक स्रोत थानापति सेवा समाजका सदस्य एवं थानापति गा.वि.स का राजनीतिक, सामाजिक, सेवाक्षेत्रमा कार्यरत कर्मचारीहरुबाटै स्वेच्छाले प्रदान गर्नुभएको सहयोग रकम भएको समाजका कोषाध्यक्ष बद्रीप्रसाद खकुरेलले बताउनुभयो । समाजमा प्राप्त भएको आर्थिक रकमलाई फजुल खर्चको रुपमा नभई सामाजिक विकास र सेवामुलक कार्यक्रमका लागि खर्चने कोषको नीति बनाएका छौ, खकुरेलले वनभोज तथा नववर्ष २०७३ सालको शुभकामना आदान प्रदान कार्यक्रममा भने ।
थानापतिका अग्रज तोयानाथ थपलियाले थानापति सेवा समाजको कार्यक्रम र गतिविधि उपलब्धिमुलक हुनुपर्ने बताउदै थानापतिका गाउँ बस्तीहरु रित्तिदै गएको र त्यहाँको जमिनहरु बाँझो बन्ने अवस्था आइसकेकोले अबको युवा पुस्तालाई आधुनिक कृषि प्रणालीमा लगाउन समाजको भूमिका हुनुपर्ने बताउदै समाज विकासका लागि सबैको एकता, एकजुटको खाँचो रहेको उल्लेख गर्नुभयो । IMG_6594
कार्यक्रममलाई थानापति सेवा समाजका सल्लाहकार अग्रज व्यक्तिहरुले प्रशंसनीय सामाजिक कामको शुरुवात भएको बताउँदै जिल्लाकै नमुनामुलक समुदायको रुपमा थानापति सेवा समाजलाई स्थापित गर्न आ आफ्नो क्षेत्रबाट योगदान पुर्याउन आव्हान गर्नुभयो ।
भावी सन्तति र युवा पुस्तालाई समाज सेवा के हो किन हामी यसका लागि हामी अग्रसर हुनुपर्दछ भन्ने कुरालाई शिक्षाको पाठस्वरुप सिकाउन पनि थानापति सेवा समाजको भूमिका एवं पहल रहनुपर्ने कार्यक्रममा सहभागी सामाजिक क्षेत्रका व्यक्तिहरुले बताउनुभएको थियो ।
समाजसेवी तथा व्यवसायी भरत पाठकले थानापति सेवा समाजको वनभोज कार्यक्रम अत्यन्तै महत्वपूर्ण सामाजिक कार्यक्रम भएको बताउदै समाजको भावी कार्यक्रम र योजनाहरुमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

हामी काठमाडौंमा हराए झै लाग्थ्यो तर थानापति सेवा समाजको स्थापनासँगै सक्रियताले आफ्नो गाउँ र समाजका लागि सामाजिक अवसर पूरा गर्ने अवसर प्रदान भएकोमा यसमा सबै थानापतिबासीले गर्व गर्नुपर्ने समेत पाठकले बताए ।

IMG_6581
नुवाकोट जिल्लाको थानापति गा.वि.स स्थायी जन्मथलो घर भई राजधानी काठमाडौमा छरिएर रहेका आमाबुवा, अग्रज युवापुस्ताहरुको पारिवारिक जमघटमा वनभोज कार्यक्रम सांगीतीक मनोरञ्जनपूर्ण रह्यो । कार्यक्रममा प्रस्तुत मुक्तक कविताले भुँइचालोको पीडाले थलिएका नेपालीका लागि सरकारको ठोस कार्यनीति कार्यान्वयन र राजनीतिक प्रतिबद्धतालाई व्यङ्ग गरेको थियो ।
बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै सोल्टी होटलका बजार प्रबन्धक बलराम पाठकले २०७३ ले थानापतिबासी, सबै नेपाली र समग्र नेपालमा शान्ति, समृद्धि र खुशी ल्याओस् भन्ने शुभकाना व्यक्त गर्नुभयो । सामाजिक विकासका लागि बोलेर होइन गरेर देखाउनुपर्दछ त्यो पनि स्वेच्छाले भन्दै थानापति सेवा समाजको बृहत्तर विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल हुनेमा बलराम पाठकले बताउनुभयो ।IMG_6605
थानापति सेवा समाज स्थापना भएको ५ वर्ष पूरा भइसकेको छ भने यसपटकको वनभोज कार्यक्रम दोस्रोपटक आयोजना भएको हो

विकासका लागि स्वच्छ राजनीतिक प्रतिस्पर्धा हुन जरुरी छ तर सामाजिक संघ संस्थाको विकासको नाममा राजनीतिक हुनुहुदैन । समाजप्रतिको दायित्व र जिम्मेवारी पूरा गर्न चुक्नुहुदैन, यसका लागि खुलेर सामाजिक विकास र सेवामा लागौं थानापति सेवा समाजको बनभोज तथा २०७३ सालको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरुले बताए र खुलेर स्वेच्छाले सहयोग समेत गर्नुभयो ।
आज हामी कहाँ छौ र के गर्दछौं, समाजका लागि हाम्रो दायित्व जिम्मेवारी के भन्ने बुझ्न जरुरी भएको छ । आफ्नो काम व्यवसाय र आफ्नै दैनिकीमा भुल्दै गएको हाम्रो दायित्व र जिम्मेवारी हाम्रो समाजले खोजिरहेको छ । हामी सामाजिक चेतनशील प्राणी भएकोले हामी आफ्नो समाज, गाउँ र देशकै लागि सेवाको भावनाले अब पनि अग्रसर नहुने हो भने हाम्रो भावी सन्ततिले नैतिक चरित्र, आदर्शता र हाम्रो संस्कृतिसँगै सामाजिक जिम्मेवारीको जानकारी लिने फेरि कोरा किताब नै घोक्नुपर्ने नहोला भन्न सकिदैन । त्यसैले सामाजिक सेवामा हाम्रा सृजनशील हातहरु अगाडी बढाएर गाउँ, समाज , जिल्ला र देशकै लागि नमुना बनाउन जो जहाँ भए पनि थानापतिवासीहरुका लागि थानापति सेवा समाजले समाजप्रतिको आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न आव्हान गरेको छ ।

IMG_6623IMG_6622IMG_6605IMG_6610IMG_6607IMG_6618

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१