आयोजनाको तेस्रो दिन हर्षोल्लासको साथ सकियो पर्यटनमैत्री फुटबल प्रतियोगिता–२०७३

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ बैशाख २०७३, आईतवार ०५:४०

mantri पर्यटनमैत्री फुटबल प्रतियोगिता–२०७३ मा नेपाल लोकतान्त्रीक पर्यटन व्यवसायी संघ प्रथम भएको छ । त्यस्तै, एकिकृत पर्यटन व्यवसायी मञ्च (बी) द्धितिय र अन्तर पर्यटन सञ्जाल तृतिय भएका छन् ।
लोकप्रिय पर्यटन पत्रिका टुरिजम एक्सप्रेसले आफ्नो दास्रो वार्षिकोत्सवको अवसरमा राजधानीको सानो गौचरणमा आयोजना गरेको सो खेलमा नेपाल लोकतान्त्रीक पर्यटन व्यवसायी संघले एकिकृत पर्यटन व्यवसायी मञ्च (बी) लाई ४–३ को गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै, एकिकृत पर्यटन व्यवसायी मञ्च (बी) ले अन्तर पर्यटन सञ्जाललाई ३–१ को गोल अन्तरले पराजित गरेको थियो । गत वैशाख ३ र ४ गते सम्पन्न हुने अपेक्षा गरिएको भएपनि फुटबलमा उल्लेख्य टिमको सहभागि भएको कारण बैशाख ११ गते शनिवार एक दिन थपिएको थियो । बैशाख ३ गते गृहमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्नुभएको सो खेलमा जम्मा १६ टिम सहभागि भएका थिए ।
प्रत्येक विजेतालाई समग्र टिमका कप्तान तथा पर्यटनविद् आङछिरिङ शेर्पाले ट्रफि, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । त्यस्तै, टानका महासचिव कर्ण बहादुर लामा, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले विजेतालाई सिन्दुरको टिका लगाइदिएर शुभकामना दिनुभयो । trafi
समग्र टिमका कप्तान शेर्पाले पर्यटनमा अहिलेसम्मकै सर्वाधिक ठूलो फुटबल प्रतियोगिता आयोजना गरेर समग्र पर्यटन उद्योगलाई एकताको सुत्रमा बॉध्न सफल भएको भन्दै आगामी दिनमा पत्रिकालाई आफ्नो पूर्ण साथ, सहयोग र समर्थन हुने बताउनुभयो । त्यस्तै, उहॉले पत्रिकाको साहसिक अभियानको उच्च प्रशंसा समेत गर्नुभयो । त्यस्तै, नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटाले पत्रिकाले सराहनिय कार्य गरको भन्दै बोर्डको तर्फबाट पत्रिकालाई गर्नुपर्ने सहयोगमा कुनै कञ्जुस्यॉइ नहुने बताउनुभयो । ट्रेकिङ एजेन्सीस् एसोसिएसन अफ् नेपाल (टान) का अध्यक्ष चन्द्रप्रसाद रिजाले सम्पूर्ण पर्यटन उद्योगलाई एकताको सुत्रमा बॉध्ने आयोजकको प्रयास नै सराहनिय रहेको भन्दै प्रशंसा गर्नुभयो ।
प्रतियोगिताको समापन गर्दै पत्रिकाका अध्यक्ष तथा प्रधानसम्पादक अनिल नेपाली (सरस्वतीप्रसाद) ले तीन दिनसम्म अत्यन्त हर्षउल्लासको साथ उल्लेख्य सहभागि भएर तथा खेलमा सहभागि भई पर्यटनमैत्री फुटबल खेल्न तथा खेलाउन सहयोग गर्ने सम्पूर्ण पर्यटन उद्योगी÷व्यवसायीहरुलाई धन्यवाद दिनुभयो । आयोजकले पहिलोपटक फुटबल प्रतियोगिता आयोजना गरेकाले उहॉले जति कमि कमजोरी भएका छन् तिनलाई प्रेरणाको रुपमा लिने बताउनुभयो । त्यस्तै, आगामी वर्ष यो भन्दा पनि सभ्य र भव्य रुपमा प्रतियोगिता आयोजना गराउने भन्दै उहॉले सवैलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१