राष्ट्रिय खबर डटकमको दोश्रो वार्षिकोत्सव सम्पन्न,विशिष्ट व्यक्तित्वहरु सम्मानित (फोटो फिचर सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ बैशाख २०७३, शनिबार ०६:१८

AS           काठमाडौँ ११ बैशाख ।  राष्ट्रिय खबर डटकम अनलाइनको वार्षिकोत्सवका अवसरमा शुक्रबार शुभकामना आदान प्रदान तथा सम्मान् कार्यक्रम सम्पन्न भएको छ । राजधानीमा आयोजित वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि  नेपाल सरकारका गृहमन्त्री शक्ति बहादुर बस्नेत , पुर्व मन्त्री लालवावु पण्डितले ,एम्नेष्टि इन्टरनेसनल नेपालका अध्यक्ष सूर्यबहादुर अधिकारी ,त्रिवी शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा . दिपक प्रकाश महरा , डा.सुवास घिमिरे,प्रेस क्लव नेपालका अध्यक्ष रामकृष्ण कर्माचार्य ,नेपाल टुरिजम बोर्डका संचालक समिति सदस्य राजेन्द्र सापकोटा ,नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल,जया मल्टिपल क्याम्पसका प्रमुख भवानी पौडेल  लगायतको उपस्थिति रहेको थियो ।R7

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सरकारका गृहमन्त्री शक्ति बहादुर बस्नेतले  सर्वसाधारणलाई सत्यतथ्य समाचार प्रवाह गर्ने क्षेत्रमा अहिलेको यूगमा अनलाइन मिडिया ज्यादै प्रभावकारी रहेको बताए । उनले राष्ट्रिय खबर डटकमले सत्य तथ्य तथा निष्पक्ष पत्रकारिताको मूल्य र मान्यतालाई अवलम्वन गरेकोमा आफु विस्वस्त रहेको समेत बताए ।C

पुर्वमन्त्री लालवावु पण्डितले  राष्ट्रिय खबर अनलाईनमा अझ द्रुत  गतीमा सार्वजनिक चासोका समाचारहरु सम्प्रेषण गर्न सुझाव दिए । उनले कानुनको अधिनमा रहेर पत्रकारिता अवलम्बन गर्न सुझाव समेत दिएका थिए   ।

राष्ट्रिय खबर  अनलाईनले पत्रकारिताको क्षेत्रमा शुरु गरेको प्रयास राम्रो भएको बताउँदै एम्नेष्टि इन्टरनेसनलका अध्यक्ष सूर्यबहादुर अधिकारीले यसलाई निरन्तरता दिनसके सफलता हासिल हुने बताए ।

कार्यक्रममा नेपाल टुरिजम बोर्डकाका संचालक समिति सदस्य राजेन्द्र सापकोटाले अनलाईनले अहिलेको पर्यटन क्षेत्रमा ठुलो टेवा पुगेको बताउदै ,छिटो छरितो माध्यमनै अनलाईन मिडिया भएकोले अबको जमाना अनलाईन न्युजको भएको समेत प्रष्ट पारे ।R2

रामकृष्ण कर्माचार्यले  समाचारका लागी  अनलाइन मिडिया  निर्विकल्प समाचार माध्यम बनेको बताउँदै सफलताको शुभकामना व्यक्त गरे ।

वैदेशिक रोजगार व्यवसायी  संघका अध्यक्ष विमल ढकालले   स्थापनाको दोश्रो  वर्ष पुरा गर्दै तेश्रो  वर्षमा प्रवेश गरेकोमा शुभकामना व्यक्त गरे ।

यस्तै त्रिवी शिक्षण अस्पतालका कार्यकारी निर्देशक दिपक प्रकाश महराले स्वास्थ्य क्षेत्रमा  पनि अनलाईन मिडियाको ठुलो भूमिका रहेको बताए ।कार्यक्रममा पुनम देव ,सकिला पाठक लगायतले समेत शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा  त्रिवी शिक्षण अस्पतालका कार्यकारी निर्देशक दिपक प्रकाश महरा , जया मल्टिपल क्याम्पस प्रमुख भवानी पौडेल ,समाजसेवी चित्र वहादुर रसाइली ,ट्रान्सफरमेसन नेपालका अध्यक्ष सन्तोष घिमिरे , लेखक तथा समाजसेवी पुजा पराजुली (वाग्ले) , संचारकर्मी पुकार तिमिल्सिना तथा चन्दा घिमिरे ,हेल्पिंग ह्यान्ड इन्टरनेसनलका सचिव राजेन्द्र राज अधिकारी लगायतलाइ सम्मान  गरिएको थियो । राष्ट्रिय खबर डटकमका प्रधान – सम्पादक मुकुन्द ढुंगानाले आफु राष्ट्रिय अनलाईन पत्रकार संघको केन्द्रीय अध्यक्ष समेत भएकोले अबको दिनमा अनलाईनलाइ अझ बढी  विश्वसनीय बनाउने तथा अनलाईन आचारसंहिता बनाई ब्यबस्थित गरिने बताउनुभयो ।DR3EBr r1 r2 r3 r4R4R6

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१