जेठो सन्तान अन्यभन्दा धेरै फूर्तिलो र बौद्धिक हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० बैशाख २०७३, शुक्रबार ०५:२९
तपाईँ परिवारको जेठो सदस्य हो ? हालै सार्वजनिक अध्ययनलाई विश्वास गर्ने हो भने जेठो सन्तान हुनुका धेरै फाइदा छन् । सो अध्ययन अनुसार परिवारको सबैभन्दा जेठो सन्तान अन्य भन्दा धेरै फूर्तिलो र बौद्धिक हुन्छ । जर्मनस्थित लिपजिग युनिर्भ्सिटीका अनुसन्धानकर्ताहरुको एक समूहका अनुसार पहिलो बच्चा पछि जन्मिने हरेक सन्तान (बच्चा) पहिलोको तुलनामा कम बौद्धिक र फूर्तिलो हुन्छ ।
अर्थात् वैज्ञानिकहरुका अनुसार पहिलो भन्दा दोस्रो अलिक कमसल, दोस्रो भन्दा तेस्रो झन् कमसल, चौथौ अझै कमजोर हुने गर्छन् । अभिभावकहरुबाट पाउने गुण पछिल्ला सन्तानमा कम हँुदै जाने भएकाले पनि पछिका सन्तान हरेक दृष्टिले कमजोर हुने वैज्ञानिकहरुको दाबी छ ।
अभिभावकको अभिभाजित ध्यानकर्षणको कारण पनि जेठो सन्तान हुनुमा धेरै फाइदा हुने बताइन्छ । अनुसन्धानकर्ताहरुले सयांै बालबालिका माझ गरेको सो अध्ययनमा बौद्धिक प्रतिष्प्रर्धामा प्राय जेठा सन्तानको स्मरण शक्ति र दिमाग अद्भूत देखिएको थियो । तर, दुई सन्तान मात्र भएमा जेठो र कान्छोबीचको बौद्धिकता अन्तर दिमागी गुण कान्छोमा भन्दा त्यति धेरै क्षेत्रमा अर्कोलाई उछिन्ने सम्भावना भने त्यति धेरै नहुने पनि उनीहरु बताउँछन् । सो अध्ययन प्रोसिडिङ अफ दी नेसनल एकेडेमी अफ साइन्समा प्रकाशित गरिएको छ । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१