‘तिमी जस्तो काली फिल्ममा चल्दैन’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ बैशाख २०७३, बिहीबार ०४:५६

kaliमुम्बई । हालै बजारमा चर्चित रहेको बलिउड फिल्म ‘बाजीराव मस्तानी’ मा नायिका प्रियंका चोपडाले गरेको अभिनयको प्रसंसा गर्दै बलिउड बादशाह अमिताभ बच्चनले चिठी नै लेखे ।   प्रियंकाले भने आफ्नी आमाले सो चिठी सुरक्षित राखेको भन्दै पछि पढ्ने बताएकी छिन् । त्यसो त, उनको भुमिका र अभिनयलाई लिएर धेरैले प्रसंशा गरेका छन् ।   अनौठो के भने, आफ्नै अभिनय रहेको सो फिल्म प्रियंकाले अहिलेसम्म नहेरेको बताएकी छिन् । सन्जय लिला भन्साली निर्देशित फिल्म ‘बाजीराव मस्तानी’ मा मात्रै होइन, प्रियंकाले आफ्नो एक दशक भन्दा लामो फिल्मी करिअरमा अन्य फिल्महरुमा आफ्नो क्षमता पुष्टि गरिसकेकी छिन् ।   यही चर्चाकै शिलशिलामा प्रियंकाले भने आफ्नो रुप–रंगको विषयमा निर्माता÷निर्देशकहरुले सुरुका दिनहरुमा गरेको टिप्पणी हालै सार्वजनिक गरेकी छिन् ।   उनले आफू रंगभेद्को शिकार बनेको पनि बताएकी छिन् । प्रारम्भिक दिनहरुमा निर्माता÷निर्देशकहरुले उनलाई काली भएकाले फिल्ममा नचल्ने टिप्पणी गरेको पनि प्रियंकाले खुलाएकी छिन् ।   पहिलो पटक देख्ने निर्माताहरुले उनलाई भनेका थिए, ‘तिमी काली छ्यौ । फिल्ममा सुकिलाहरुको बोलबाला छ ।’   निर्माताहरुको यही टिप्पणी प्रियंकाका लागि संघर्षको नयाँ आयाम बन्यो । त्यसो त, सन् २००० मा मिस वल्र्ड बनेपछि मात्रै उनलाई बलिउडमा भर्याङ भेटियो ।   एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१