विवेकशिलले बुझायो अख्तियारमा ज्ञापन पत्र !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७३, बुधबार ०७:१८

bibekshilकाठमाडौँ । पुन:निर्माण कहाँ पुग्यो सरकार ? को आज २१ औं दिन विवेकशिल नेपाली दलले दबाब कार्यक्रम जारि राखेको छ ४० लाख जनताको पक्षमा रहेको यो कार्यक्रम अन्तर्गन आज विवेकशिल अख्तियारमा गएर, अख्तियार प्रवक्ता ज्युलाई ज्ञापन पत्र पनि बुझाएको छ । भद्र आन्दोलनमा लागि परेका कर्मठ विवेकशील नेपालीलाई, नेपाल पुलिस र अख्तियारले समेत ठम्याउन नसकि केही बिचैमा रोकेको थियो। अभद्र शैली प्रयोग गरेर सडकमा उत्रीनेलाई ठ्याक्कै ठम्याएर साथ दिने अख्तियारले पनि भद्र-शान्त शैलीलाई भने कडा परिक्षा नै लियो ।

Punarnirman news 5

अख्तियार दुरुपयोग आयोग, नक्सालको लागि अघि बढ्दै गरेको रिक्सा र्यालीलाइ गहना पोखरीमा नेपाल पुलिसले रोकेको थियो। सो कारण काठमाडौँको चप्पल कारखाना बाट सुकेधारा, चण्डोल, हाडीगाउँ, टंगाल हुँदै नक्सालमा अख्तियार दुरुपयोग आयोग पुग्ने रिक्सा र्यालीको पछिल्लो रुट फेरेर रिक्सा ढल्कु हुँदै भाटभटेनी छेउमा रोक्नु परेको थियो। त्यहाँ बाट विवेकशील नेपाली दलका ५ अभियन्ताले अख्तियार कार्यालय गइ प्रवक्ता कृष्ण हरि पुष्कर ज्युलाई ज्ञापन पत्र बुझाएका छन्। उक्त ज्ञापन पत्रमा गम्भीर भइ छानबिन गर्ने र आउने दिनहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवेकशील नेपाली दल संगै सम्ववयन गरेर भ्रस्टाचार विरुद्ध हातेमालो गर्न इच्छुक रहेको प्रवक्ताले व्यक्त गरे !

पुन:निर्माणमा भैरहेको ढिलासुस्ती र भ्रस्टाचारको निस्पक्ष छानबिनको लागि विवेकशील नेपाली दलले अख्तियारलाई ज्ञापन पत्र बुझाउने र खबरदारी गर्न यो कार्यक्रमको आयोजना गरेको हो।

Punarnirman news4

Punarnirman news 2

Punarnirman news 3

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१