राजकुमार हिरानीको फिल्ममा कंगना?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७३, बुधबार ०६:५६
कंगना‘थ्री इडियटस्’ निर्देशक हाल बलिउड अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्मको तयारीमा लागिरहेका छन्। यसका कारण फिल्ममा कसले अभिनय गर्छ भन्ने बारेमा चर्चा चल्न थालेको छ।
नयाँ चर्चा अनुसार फिल्ममा अभिनेत्री कंगना रनावतले अभिनय गर्ने भएकै छन्, भलै यसको आधिकारिक पुष्टि भऐको छैन्।
हिरानीकै अर्को एक रोमान्टिक-कमेडी फिल्ममा पनि उनले अभिनय गर्ने पनि बताइएको छ।
आधिकारिक पुष्टि नभएपनि हिरानी निकट श्रोतका अनुसार हिरानी कंगनासँग फिल्ममा काम गर्न चाहन्छन्। केहि वर्ष पहिले हिरानीले बनाएको एक विज्ञापनमा कंगनाले काम गरेकी थिइन्। हाल कंगना विशाल भारद्वाजको ‘वल्ड वार -२’ तथा हंसल मेहेताको एक फिल्ममा काम गर्ने तयारीमा रहेकी छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१