भारतीय क्लबलाई हराउँदै धरान ११ सेमिफाइनलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७३, बुधबार ०६:४५
भारतीय क्लबधरान ।  धरान ११ फुटबल क्लब पोखरामा जारी मनकामना केवुलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
आज भएको खेलमा भारतको उडिसा फायो एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै धरान ११ सेमिफाइनल प्रवेश गरेको हो ।
खेलको पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा धरान ११ ले तीन गोल गर्‍यो । धरानको जितमा ५९ औं मिनेटमा तीर्थ बस्नेत, ७५ औँ मिनेटमा लक्ष्मण रुचाल र ८४ औं मिनेटमा जिमीले एक/एक गोल गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१