कुन रक्तसमुहका मानिस कस्ता हुन्छन् ? जान्नुहोस्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७३, बुधबार ०५:३०

blood-एक अनुशन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको चालचलनको बारेमा थाहा पाउन सकिन्छ र रगत समुह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ। यहाँ रगत समुह सँग सम्बन्धित केही बानीको बारेमा दिईएको छ।

Group O :
संसारका सवैभन्दा बढी मानिसमा यो रगत समुह पाइन्छ । o- र o+ गरी करीब ४७ प्रतिशत मानिसमा यो रगत समुह रहेको हुन्छ जसमा ४० प्रतिशत जती ०+ र ७ प्रतिशत जतीमा o- रहेको हुन्छ। यो रगत समुहका मानिसहरु नेतृत्व गर्न चाहना राख्ने तथा क्षमता भएका, आफुले शुरु गरेको काम फत्ते गरी छाड्ने, सत्यतामा विश्वाश गर्ने, मायालु र आत्म-विश्वाशले भरिएका हुन्छन भने यो रगत समुह भएका मानिसहरुको कमजोरी भनेको डाहा गर्ने बानी र धेरै प्रतिष्पर्धात्मक हुन खोज्ने हुन्छन् ।

Group A :
यो रगत समुह करीब ४० प्रतिशत मानिसहरुमा हुन्छ । जसमा ३४ प्रतिशतमा A+र ६ प्रतिशतमा A- पाईन्छ । यो रगत समुह भएका मानिसहरु शान्त र सामाजिक खालका, अरु सँग काम गर्न मनपराउने, sensetive र कमजोरीको रुपमा झुक्न नचाहने र आराम गर्न नसक्ने वा नचाहाने बानी भएका हुन्छन ।

Group B :
यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छ जसमा करीब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ। यो रगत समुह भएका मानिसहरु एकलकाँटे, जे पनी एक्लै गर्न चाहाने रचनात्मक खुबी भएका झुक्न सक्ने खुबी भएका हुन्छन जसले गर्दा कहिले काही काम बिग्रन समेत सक्छ ।

Group AB :
यो मानिसमा पाईने सबैभन्दा कम पाईने रक्त समुह हो। यो ४ प्रतिशतमा मात्र पाईन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाईन्छ। यो रगत समुह भएका मानिसहरु नरम, controlled र ठट्टा रमाईलो गर्ने खालका हुन्छन तर निर्णय गर्ने क्षमताको कमी हुन्छ  !

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१