साधुहरु किन धुनी बाल्छन् र किन बोक्छन् चिम्टा ? यस्तो त यसको रोचक रहस्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७३, बुधबार ०५:१७

sadhuहिन्दुधर्ममा अनुयायी साधुहरु हमेसा धुनी बाल्छन् । उनीहरु जहाँ जहाँ पुग्छन् त्यहाँ धुनी बालेकै हुन्छ । त्यही धुनीबाट सिर्जित खरानी निधारमा घसेर हिड्छन् । तर किन साधुहरु धुनी नै बाल्छन् भन्ने कुरा हामी सबैलाई थाहा नहुन सक्छ । यसको पछाडि केही कारणहरु अवश्य छन् ।

साधुहरुले धुनी बाल्नुको विभिन्न कारणहरु यस प्रकार रहेका छन्ः

१. कुनैपनि साधुले बालेको धुनी साधारण नहुने उनीहरुको दाबी छ । साधुहरुले आगो बाल्नुभन्दा अगाडि सिद्ध मन्त्रोउच्चारण गरेर बाल्ने गर्छन् ।

२. कुनैपनि साधुले एक्लै धुनी बाल्दैनन् । उनीहरुको साथमा एक जना गुरु हुनु जरुरी मानिन्छ ।

३. साधुहरु धुनी बालिसकेपछि हमेसा धुनी बलिरहनु पर्छ भन्ने मान्यता राख्छन् । त्यसकारण उनीहरु धुनीको वरिपरि सधैं हुन्छन् ।

४. यदि कुनै काम विशेषले साधु धुनी भन्दा अलि पर जानुपर्यो भने त्यहाँ उनको शिष्य वा कुनै सेवक राख्ने गर्छन् ।

५. साधुको साथमा हमेशा चिप्टा हुन्छ । त्यो चिम्टा अरु केही प्रयोजनका लागि नभएर धुनी बाल्नकै लागि प्रयोग गर्छन् ।

६. साधुहरु आफूलाई महादेवको सच्चा भक्त ठान्छन् । त्यसकारण विभिन्न धार्मिक ग्रन्थहरुमा शिवको रुप रंग र व्यवहारको चर्चा भए जस्तै आफूपनि त्यस्तै बन्न कोशिस गर्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१