कसले व्यवास्ता गर्यो महेश सरगमलाइ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ बैशाख २०७३, सोमबार १३:५४

लोक तथा दोहोरी गायन तथा सृजना गर्ने नयाँ नयाँ प्रतीभाहरुको बाढि आइरहेको बेला सस्कार बोकेका साङ्गीतिक इमान्दार कलाकारहरु कम कमै नै भेटिन्छन ।यही भिडमा आएका छन् सर्जक महेस सरगम नया लोकदोहोरी गीत “मलाइ व्यवास्ता “लिएर ।आलाप रेकर्डिङ स्टुडियो मार्फत सार्बजनिक भएको मार्मिक गीतमा लय महेसको सरगम रहेको छ भने शब्द मन्नु थापाको छ । महेस सरगम र सुहानी मगरको सुमधुर आवाजमा रहेको गीतको एरेन्ज भने अहिलेका निकैनै ब्यस्थ गायक तथा एरेन्जर झलक संगीतमले गर्नुभएको छ आलाप रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गीतको म्युजिक भिडियोको निर्देशन भने एकान्त मगरले गर्नु भएको छ भने क्यामारामा करण चैसिर रहनु भएको छ ।गीतको मुख्य पाटो मानिने म्युजिक भिडियोमा अभिनय भने बिक्रम थापा र अन्जु मगरको रहेको छ ।
दाङ जिल्लामा जन्मेर लोक संगीत क्षेत्रलाई केहि हातसम्म भएनी माथि पुर्याउने हेतुले लाग्नु भएका सर्जक सरगमको आगामी सृजना पनि धेरै आउन बाकि रहेको बताउनु हुन्छ उहालाई सफलताको शुभकामना व्यक्त गर्दछौ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१