विश्वकै ध्यान खिच्न अमेरिकामा नेपाली सम्मेलन : राष्ट्रपति ओबामाले उद्घाटन गर्ने तयारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ बैशाख २०७३, सोमबार १२:५९

काठमाडौँ । विदेशीएका नेपाली स्वदेश फर्काउन अमेरिकाको फ्लोरिडा राज्यमा तीन दिने सम्मेलन गरिने भएको छ । हिडन इन्टीलीजेन्स ग्रुपले विभिन्न देशमा रहेका बौद्धिक नेपालीलाई जम्मा गरेर जुन १७,१८ र १९ मा उक्त सम्मेलन गर्न लागेको हो । सम्मेलनको उद्घाटन अमेरिकी राष्ट्रपति बाराक ओबामाले गर्ने तयारी छ ।

Mantri (1)

विश्वभर रहेका नेपालीलाई उक्त सम्मेलनमा भाग लिनका लागि समूहले पत्रकार सम्मेलन मार्फत आव्हान गरेको छ । कार्यक्रममा बोल्दै विज्ञान प्रविधिमन्त्री शिवलाल थापाले सम्मेलनको सफलताको शुभकामना व्यक्त गरेका छन् । नेपालीले विश्व चकित पार्ने आविष्कारहरु गरिरहेकोमा खुशि व्यक्त गर्दै उनले सरकार त्यस्ता वैज्ञानिकलाई स्वदेश फर्काउन लालायित रहेको बताएको छन् ।

राजधानीमा भएको पत्रकार सम्मेलनमा अमेरिका, जापान, अष्ट्रेलीया, लण्डन, कतारलगायतका देशमा रहेर नाम, दाम कमाइरहेका युवाहरुले आफ्नो मन्तव्य स्काइपमार्फत राखेका थिए । अमेरिकाबाट मन्तव्य राख्दै वैज्ञानिक एवं संस्थाका प्रतिनिधि कपिल पौडेलले विश्वलाई नेपालीको ज्ञान र आविष्कारको आवाज सुनाउनका लागि अमेरिकामा सम्मेलन गर्न लागिएको स्पष्ट गरेका छन् । उक्त सम्मेलनमा प्रस्तुत हुने मरुभूमीको बालुवालाई समेत मलिलो माटो बनाउने प्रविधि, कृषि उत्पादन बढाउने उपायलगायतका कार्यपत्रले विश्वकै ध्यान खिच्न सक्ने उनको ठोकुवा छ ।IMG_5611

नेपालसँग विश्वकै धनी देश बन्न सक्ने श्रोत र साधन रहेको भन्दै उनले त्यसलाई प्रयोगमा ल्याउनका लागि सम्मेलनले ठूलो भूमिका खेल्ने बताएका छन् । नेपाललाई बनाउने हो भने विदेशमा रहेका बौद्धिक व्यक्तित्वहरु स्वदेश फर्कनु पर्नेमा उनको जोड थियो । त्यसको वातावरण मिलाउन उनले सरकारसँग आग्रह गरेका छन् । साथै उक्त सम्मेलनमा सहभागि हुन र नेपाली युवाहरुको आविष्कारबारे बुझ्न प्रधानमन्त्री, मन्त्रीहरु र सभासदहरुलाई निम्तो दिएका छन् । यस्तै समूहका नेपाल प्रतिनिधि हाँस्य कलाकार मनोज कुमार आचार्य (खुराफाती हाकीम) ले जनताले पहिचान गर्न सके केहि व्यक्तिले नै देश बनाउन सक्ने बताएका छन् । मान्छेले चाहाने हो भने असम्भव कुरा केहि पनि नभएको भन्दै उनले नेपाललाई समुन्नत बनाउने प्रविधिको विकासमा नेपालीहरु नै अघि बढिसको जिकिर गरेका छन् । हिडन इन्टीलीजेन्स ग्रुपमा विभिन्न देशमा रहेर अध्ययन र अनुसन्धान गरिरहेका बौद्धिक व्यक्तित्वहरु सहभागि छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१