काठमाडौं ६ बैशाख । राम मन्दिरमा दर्शन गर्न आएकी एक श्रद्वालुको मोबाइल छेउमै राएिको बेला क्षणभरमै चोरी भयो । यसरी एकैछिनमा मोबाइल गायब गर्ने मानिस वा चोर नभएर एउटा बाँदर थियो । त्यसपछि जति खानेकुरा दिएपनि बाँदरले मोबाइल दिएन बरु चपाउँदै मन्दिर परिसरभित्र र बाहिर उफ्रि रह्रयो । अन्त्यमा मोबाइलसहित हरायो ।
बाँदरले मोबाइल खोसेको यो पहिलो घटना होइन् । थापाथली त्रिपुरेश्वर क्षेत्रमा पछिल्लो महिनामा बाँदरको आतंक बढेको छ । बाँदरहरुले बाटोमा हिँड्ने र मन्दिरमा दर्शन गर्न गएका श्रद्वालुको झोला, मोबाइल आदि खोस्ने गरेका छन् ।
चैते रामनवमकिै दिन दीपेश मण्डलले रामजानकी मन्दिरमा धार्मिक झण्डा राख्न रुख चढ्न लाग्दा आफूसँग भएको मोबाइल छेउमै राखे । मण्डल रुख चढ्न नपाउँदै बाँदरले मोबाइल लिएर गयो । मोबाइल लिएपछि बाँदर कहिले रुखमा त कहिले मन्दिरको छानामा त कहिले बाटामा पुग्थ्यो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया