क्यानलाई प्रतिबन्ध लगाउन सक्ने आइसीसीको चेतावनी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ बैशाख २०७३, सोमबार ०७:३८

काठमाडौं ६ बैशाख । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नेपाली क्रिकेटमा देखिएको विवाद समाधानका लागि धेरै समय कुर्न नसकिने बताएको छ । can iccआइसीसीका विकास निर्देशक टिम एन्डरसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निकट भविश्यमा क्रिकेटमा देखिएको विवाद समाधान भएको हेर्न चाहेको बताए । ‘हामी नेपालमा देखिएको क्रिकेट क्रेजप्रति सकारात्मक छौं, तर यसो भन्दैमा विवादको विषयमा धेरै समय धैर्य गर्न सक्दैनौं’ उनले भने । एन्डरसन विश्व क्रिकेट लिग अन्तर्गत नेपाल र नामिबियाको खेलका लागि आएका हुन् । नेपाली क्रिकेटमा विवाद देखिएपछि विश्व क्रिकेट लिग आइसीसीको आयोजनामा भएको हो । एन्डरसनले विवाद लम्बिरहे नेपाल क्रिकेट संघलाई प्रतिवन्ध लगाउनेसमेत संकेत गरे । अमेरिकाको क्रिकेट संघलाई प्रतिवन्ध लगाउको उदाहारण दिँदै उनले क्यानलाई प्रतिबन्ध लगाएमा खेलाडीहरुले आइसीसीको छातामुनि खेल्न पाउने स्पस्ट पारे । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१