यन्त्रमानव समाचारबाचिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ असार २०७१, बिहीबार १२:२०

 

जापानी वैज्ञानिकले मंगलबार प्राकृतिक मानवजस्तो देखिने, सही भाषा बोल्ने तथा त्यसलाई मिल्दो मनोविनोद क्षमता भएकी यन्त्रमानव एन्ड्रोइड  समाचारबाचिका सार्वजनिक गरेको छ। ती यन्त्रमानव यस प्रकारको विश्वकै पहिलो समाचारबाचिका भएको दाबी गरिएको छ। यी समाचारबाचिकाको नाम कोदोमोरोइड रहेको छ र यस शब्दले कोदोमो बालक र एन्ड्रोइड भन्ने शब्दको समास भन्ने बुझाउँछ। यी समाचारबाचिकाले टोकिimages-cms-image-000008161योमा एक भूकम्प तथा एफबीआईले गरेको छापा मार्ने कार्यको विषयमा समाचार पढेकी थिइन्।कार्यक्रममा उनले आफ्ना सर्जक प्राध्यापक हिरोसी इसिगुरोलाई तपाइँ त एउटा रोबोटजस्तै देखिनुभयो तरु भनी हाँसोसमेत गरिन्। कार्यक्रममा कोदोमोरोइडलाई अर्को एक रोबोटले जिस्क्याउन पुगेको थियो र उसले उनको परिचय पनि सोधेको थियो। ओटोनारोइड, म अलिकति डराएँ, उनले उक्त रोबोटलाई भनिन्। यहाँ ओटोना को अर्थ वयस्क भन्‍ने लाग्छ।

यी दुवै एन्ड्रोइडले टोकियोस्थित नेसनल म्युजियम अफ इमर्जिङ साइन्स एन्ड इन्नोभेसनमा रहेर इसिगुरोको मानवयन्त्रसँग अन्तरक्रियासम्बन्धी अध्ययनका लागि तथ्यांक संकलन गर्न आगन्तुकसँग अन्तरक्रिया गर्नेछन्।

जापानी वैज्ञानिकले मंगलबार प्राकृतिक मानवजस्तो देखिने, सही भाषा बोल्ने तथा त्यसलाई मिल्दो मनोविनोद क्षमता भएकी यन्त्रमानव एन्ड्रोइड समाचारबाचिका सार्वजनिक गरेको छ। ती यन्त्रमानव यस प्रकारको विश्वकै पहिलो समाचारबाचिका भएको दाबी गरिएको छ।
इसिगुरोले मानिसको जीवनमा भविष्यमा थप रोबोट आउने बताए। उनले व्यक्तिले चाहेमा यस रोबोटको शरीर सुटकेसमा तथा टाउको हातेझोलामा राखेर विमानबाट अन्यत्र लैजान सक्ने बताए।
इसिगुरोले आफ्नै प्रतिलिपिको एन्ड्रोइड बनाएका छन् र उनले त्यसलाई विदेशमा भाषण दिन पठाउनेछन्। उनका अनुसार यसले उनको यात्रा(समय घटाएको छ। उनले प्रविधिको विकासले रोबोट मानवजस्तै देखिने, काम गर्न सक्ने बनाउने र त्यसले मानवलाई आफ्नो मूल्यको विषयमा सोच्न बाध्य बनाउने बताए। कोदोमोरोइडले संग्रहालयमा विज्ञानका विषयमा जानकारी दिने नयाँ भूमिका आरम्भ गर्नुअगाडि ओटोनारोइडले उनको जिब्रो, घाँटी आदिको तार परीक्षण गरेको थियो। इसिगुरोले यी दुवै यन्त्रमानव यस संग्रहालयमा आफ्नो अनुसन्धानका लागि मूल्यवान् प्रमाणित हुने बताए। (एएफपी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१