ठमेलका मसाज सेन्टरमा प्रहरीको छापा, मापदण्डविपरीत संचालनमा आएका ८ मसाज बन्द

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ बैशाख २०७३, सोमबार ०४:४२

masajकाठमाडाैं । प्रहरीले ठमेलका आठ वटा मसाज सेन्टर बन्द गराएको छ । सोह्रखुट्टे प्रहरीले आइतबार छापा मारेर मापदण्डविपरीत संचालनमा आएका मसाज केन्द्र बन्द गरिएको हो । ठमेलका नेचुरल हर्बल, सगरमाथा स्पा, एभरेष्ट स्पा बडी केयर सेन्टर, सगरमाथा स्पा वेल सेन्टर, आयुर्वेदिक स्पा, एभरेष्ट स्पा, नेचुरल स्पा एण्ड मसाज र युनिक बडी केयरलाई बन्द गराइएको डिएसपी सोमेद्र सिंह राठौरले जानकारी दिए ।छापाका क्रममा बिना इजाजत मसाज र स्पा संचालन गरिरहेको पनि भेटिएको डिएसपी राठोरले जानकारी दिए । ठमेल क्षेत्रमा कुल छपन्न मसाज सेन्टर सन्चालनमा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१