इक्वेडरमा शक्तिशाली भूकम्प, २८ जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ बैशाख २०७३, आईतवार ११:४८

काठमाडौं  ५ बैशाख । ल्याटिन अमेरिकी देश इक्वेडरमा शक्तिशाली भूकम्प गएको छ । गएराती अवेर गएको ७ दशमवल ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट कम्तिमा २८ जनाको मृत्यु भइसकेको छ । भूकम्पबाट शहरका कयौं ठूला घरहरु भत्किएको वीवीसीले जनाएको छ ।

राजधानी क्योटोबाट १ सय ६० किलोमिटर परको म्युसिनी शहरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । १९ किलोमिटर गहिराईमा मापन गरिएको भूकम्पले राजधानी क्योटोमा पनि ठूलो धक्का दिएको थियो । भूकम्पका कारण सुनामी आउने खतरा रहेको भन्दै सजग रहन त्यस क्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ ।
मन्त्रालयले १७ वटा जिल्लामा प्रम, उपप्रम र मन्त्रीलाई पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१