निःशुल्क पाठ्यपुस्तक वितरण दिन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ बैशाख २०७३, आईतवार ०७:२४

सुर्खेतगोविन्द बिश्वकर्मा / सुर्खेत  । आजको दिनलाई सुर्खेतमा निःशुल्क पाठ्यपुस्तक वितरण दिनको रुपमा मनाइने भएको छ । समयमै विद्यार्थीको हातमा सहज पाठ्यपुस्तक पु¥याउनका लागि वैशाख ५ गतेलाई निःशुल्क पाठ्यपुस्तक वितरण दिनका रुपमा मनाउन लागिएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ । यो विषयमा सवै विद्यालयलाई जानकारी पनि गराइसकिएको शिक्षा कार्यालयले जनाएको छ । समयमै निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीका हातमा सहजै पाठ्यपुस्तक पु¥याउने लक्ष्यअनुसार यो अभियान संचालन गरिएको जिल्ला शिक्षा अधिकारी दीपा हमालले जानकारी दिनुभयो । विद्यार्थीका हातमा समयमै पाठ्यपुस्तक नपुग्ने भएकाले दिवसै मनाएर विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गर्ने अभियान चलाउन लागेको हमालले बताउनुभयो । सुर्खेतमा तीन हजार पाँच सय सेट पुस्तक नपुगेको पुस्तक व्यवसायीको गुनासो आएको बताउँदै हमालले सम्बन्धित निकायमा कुरा राखिसकेको जानकारी दिनुभयो । यो अभियानले विद्यार्थीको ७५ प्रतिशत हाँजिरी पुग्ने र शैक्षिक गुणस्तर पनि बढ्ने हमालको भनाई छ । क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतले पनि यस बर्षबाट प्रत्येक विद्यालयमा पुगेर अनुगमन गर्ने योजना समेत बनाएको छ । यस्तै केहि विद्यालयमा जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरु नै परिचालन गरी अनुगमन गर्ने हमालले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१