पाल्पा–काठमाडौं सम्पर्क समितिमा जोशी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ बैशाख २०७३, आईतवार ०७:१६

palpaकाठमाडौं । नेपाली काँग्रेस पाल्पा–काठमाडौं सम्पर्क समितिको दोस्रो अधिवेशनले रामपुर–१५ का गोपाल जोशीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति आज निर्विरोध चयन गरेको छ । नयाँ समितिको उपाध्यक्षमा खिमानन्द बस्याल, सचिवमा ईश्वर बोहरा, सहसचिवमा अमृत अधिकारी र कोषाध्यक्षमा ओमप्रसाद पोखरेल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत जीवन भण्डारीले जानकारी दिनुभयो । महिला सदस्यमा निर्वाचित विमला बस्याललाई अध्यक्ष जोशीले आजै भएको सपथग्रहण कार्यक्रममा महिला उपाध्यक्षमा मनोनित गर्नुभएको छ । कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत देवराज भण्डारीले नवनिर्वाचित सवैलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुका साथै सपथग्रहण गराउनुभएको थियो । यस्तै, आदीवासी, जनजाती सदस्यमा विक्रमसिंह गाहा, दलित सदस्यमा बसन्त रसाईली, मधेसी, मुस्लिम तथा अल्पसङ्ख्यक आरक्षणमा इर्शाद अली निर्वाचित हुनुभएको छ । त्यसैगरी, क्षेत्र नं.१ को क्षेत्रीय संयोजकमा विक्रमसिंह ठकुरी निर्वाचित हुनुभएको छ भने सदस्यमा पुर्णबहादुर सारु, सञ्चिता अर्याल र सुदिप गैह्रे चयन हुनुभएको छ । क्षेत्र नं.२ को क्षेत्रीय संयोजकमा थानबहादुर कुँवर मगर र सदस्यमा शोभा खनाल, सुरज पौडेल र रमेश नेपाल छनौट हुनुभएको छ । क्षेत्र नं. ३ को क्षेत्रीय संयोजकमा पाण्डव पौडेल तथा सदस्यहरुमा मिनप्रसाद बस्याल, गणपती पोखरेल र तेजु पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१