इटालीका डिफेन्डर जर्जियो चिएलिनीको काँधमा टोकेको पुष्टि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ असार २०७१, बिहीबार १०:२३

फिफाले उरुग्वेका फरवार्ड लुइस सुआरेजले इटालीका डिफेन्डर जर्जियो चिएलिनीको काँधमा टोकेको पुष्टि गरेको छ ।luis suarez_20140625045730

मंगलबार राति भएको समूह ‘डी’को खेलमा सुआरेजले चिएलिनीको काँधमा टोकेका थिए । इटालीले सुआरेजमाथि प्रतिबन्ध लगाउन माग गरेको छ । तर रेफ्रीले भने सुआरेजविरुद्ध कुनै कदम चालेका थिएनन् । फिफाले उनीविरुद्ध २४ खेल वा दुई वर्ष प्रतिबन्ध लगाउन सक्छ ।

चिएलिनीले खेलको भिडियोलाई प्रमाणकारुपमा हेर्दै सुआरेजमाथि कारबाही गर्न माग गरेका छन् ।

सुआरेजले भने उरुग्वेको टेलिभिजनलाई खेल मैदानमा यस्ता घटना सामान्य भएको प्रतिक्रिया दिए का छन् । उनले यस घटनालाई नउचाल्न इटालीलाई आग्रह गरेका छन् ।

सुआरेज पटक पटक खेल मैदानमा अनुशासनविपरीतका काम गर्दै चर्चामा आइरहन्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१