कमाउन हिँडेको दुई दिनमै बाकसमा फिर्ता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ बैशाख २०७३, आईतवार ०६:४९

लासकाठमाडौं, ५ बैशाख ।  खोटाङको राखाबादेल ९ की ३२ वर्षीया लक्षी राई दुबई जाने अन्तिम तयारीमा थिइन् । हाल राजधानीमा बस्दै आएकी लक्ष्मी विदेश जानुअघि एकपटक आमा र दाईलाई भेट गर्न भनेर राखाबादेल पनि आइन्

गाउँ आएलगत्तै राजधानी फर्किएकी उनी महादेवस्थान १ बर्खेटारमा मंगलबार भएको बस दुर्घटनामा वितिन् । विदेश जाने, सम्पत्ति कमाउने अनि स्वदेश फर्केर परिवारसँग सुखसयलका साथ जीवन बिताउने सपना बोकेर घरबाट विदा भएकी लक्षीले जिल्लाकै बर्खेटार पार गर्न पाइनन् ।

विदेशबाट बहिनीले पठाएको पैसा बुझ्ने आसमा आशिर्वाद लिएर बिदा गरेका दाइ अभयकुमार राईले उल्टै बयिहनीको शव बुझ्नुपर्‍यो । समस्या परेका बेला पैसा पठाइदिन्छु भन्दै हिँडेकी लक्ष्मीलाई दुई दिनमै बाकसमा हालेर गाउँ पुर्‍याइयो । । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१