नेपालद्धारा नामिबिया ५ विकेटले पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ बैशाख २०७३, आईतवार ०६:४३

khelकाठमाडौँ । नेपालद्धारा नामिबिया ५ विकेटले पराजित भएको छ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत शनिबार कीर्तिपुरको त्रिवि मैदानमा भएको विश्व क्रिकेट लिग च्याम्पियन्स अन्तर्गतको खेलमा नेपालले १७ बल बाँकि रहँदा नामिबियालाई खेलाई खेलाई जित हाता पार्यो ।
नेपालले १९६ रनको लक्ष्य ५ विकेटको क्षतिमा ४७ दशमलव १ ओभरमा सजिलै भेटाउन सक्यो । नेपालका लागि शरद भेषवाकरले ९९ बलमा नटआउट ५० तथा विनोद भण्डारीले ४९ बलमा नटआउट ४० रनको शानदार स्कोर बनाए । त्यस्तै कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले समान २१, नरेश बुढाएरले १६, राजेश पुलामीले ९, राजु रिजालले ६ रन बनाए ।

नामिबियाका सारेल बर्गर र गेरी साइमनले समान दुई दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नामिबियाले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय ९५ रन बनायो ।

उसका लागि सारेल बर्गर ३८, पिम्की या फ्रान्सले २६, गेरहार्ड इरासमसले २५, गेरी स्नाइमनले २३ तथा कप्तान स्टीफन बार्ड र निकोलाश स्चोल्टज्ले समान १८ रन बनाए । जेन ग्रिनले १४ रन बनाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१