मिडिया नेपालको केन्द्रिय कार्यसमितिको बैठक विभिन्न एजेन्डा सहित सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ बैशाख २०७३, शनिबार १४:१०

मेडिया १काठमाडौँ  । मिडिया नेपालको केन्द्रिय कार्यसमितिको बैठकले विभिन्न एजेन्डा तय गरेको छ  । मिडिया नेपालको  कार्यालयमा बसेको बैठकले संचारकर्मी र संचार माध्यमका समस्याका बारेमा सूचना तथा संचार प्रबिधि मन्त्रीलाई ज्ञापन पत्र दिने र मिडिया नेपाल अन्तर्गत नेपालमा रहेका स्वतन्त्र एफ एम रेडियो हरुको सस्था खोल्ने मुख्य  निर्णय केन्द्रीय कमिटीले गरेको अध्यक्ष गोपाल पौड्यालले जानकारी दिए  ।  आगामी  बैशाख २५ गते केन्द्रिय समितिको पूर्ण बैठक र ब्यबसायिक एफ एम रेडियोहरुको सस्था गठन चितवनको सौराहामा गर्ने समेत निर्णय गरेको छ  ।   सिनामंग्गल स्थित राष्ट्रिय दैनिक अन्नपुर्ण पोष्टको कार्यालयमा हिजो साझ भएको आक्रमणको घटनाप्रति मिडिया नेपालको गम्भिर रुपमा ध्यानाकर्ष्ण भएको जनाउदै दोषीलाई कडा भन्दा कडा कारबाही गर्न मिडिया नेपालले  आग्रह गरेको  छ  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१