मृत भनिएका छोरा जिवितै फर्किएपछी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ बैशाख २०७३, शनिबार ०९:०९
काठमाडौं ४ बैसाख  । आफैले चलाएको ट्याक्टर दुर्घटनामा छोरो मरेको खवर पाएपछि गाईवस्तुलाई घाँसपात गर्दै आएकी रोल्पा, कोटगाउँ १ निवासी पुनी मगका हाखुट्टा थरथर भए ।मृत
 
बोली पनि फुटेन, कलिलै उमेरमा छोरो गुमाउनुपर्दाको पीडा थाम्नै सकिनन् । एक्कासि भक्कानो फुटेर आयो । अनि डाँको छोडेर रन थालिन् । आजको राजधानी दैनिकमा समाचार छ ।
 
एकाएक पुनी रोएको आवाज सुनेर छिमेकी जम्मा भए । उनीहरु तत्कालै गाडी रिजर्भ गरी आमासहित आफन्तलाई लिएर दाङको तुलसीपुरतर्फ लागे ।
 
राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर सल्यान सडकखण्डको राम्रीमा लु २ त २५५८ नम्बरको ट्याक्टर दुर्घटनाहुँदा रोल्पाका चालक रामचन्द्र घर्ती र जङकोटका सुनिल पुनको मृत्यु भएको खवरले शोकमा डुबेका आफन्तजन बिहीबार ३ बजे तुलसीपुरस्थित राप्ती अञ्चल अस्पताल आइपुगे ।
 
शव हेर्ने वित्तिकै आफ्नै छोरा भएको भन्दै छाछी पिटीपिटी पुनी मगर रुन थालिन् । कानुनी प्रक्रिया पूरा गरी दुवैको शव प्रहरीले आफन्तलाई जिम्मा लगायो ।
 
उनीहरु शव लिएर दाहसंस्कारको लागि गए । शुक्रबार बिहान घर नजिकै पुग्ने क्रममा दाङबाट फोन आयो’रामचन्द्र जिउँदै अस्पताल आएका छन्’ यो सूचना आफन्तलाई सपनाजस्तो लाग्यो । उनीहरुले जलाउन लागेको शव लिएर पुन दाङ फर्किए ।
 
बुधबार ट्याक्टर दुर्घटनामा घाइते भएका नजिकै रहेको रम्री भन्ने गाउँमा बसेको र होस् आएपछि अस्पतालमा आएको प्रहरीलाई बयान दिएका छन् । चालक भनिएको व्यक्ति सल्यानको श्रीनगरबाट चढेको बयान दिए ।
 
सवारी मालिक र आमा दुबैले आफ्नो छोरो भनेपछि शव दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१