अपहरणको नाटक गरी बाबुसँग फिरौती माग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ बैशाख २०७३, शनिबार ०८:४४
काठमाडौं ४ बैशाख । अपहरणमा परेको नाटक गरेर विदेशमा बस्ने बाबुसँग पाँच लाख माग गर्ने एक युवा पक्राउ परेका छन् ।फिरौती
 
सिरहा घर भई विराटनगरमा बसेर सिभिल इन्जिनियरिङ पढ्दै गरेका १९ वर्षीया कृष्णकुमार साफी बाबुसँग फिरौती माग गरेको आरोपमा पक्राउ परेका आजको नयाँ पत्रिका देनिकले जनाएको छ ।
 
विराटनगरको एक गेस्टहाउसमा बसेर वैदेशिक रोजगारीमा रहेका बाबुसँग उनले फिरौती रकम माग गरेको प्रहरीले जनाएको छ ।
 
कृष्णकुमारले आफू अपहरणमा परेको र तत्काल पाँच लाख नदिए ज्यानसमेत लिने धम्की दिँदै घरपरिवार र विदेशमा रहेका आफ्ना बाबुलाई एसएमएस पठाएका थिए ।
 
छोरा अपहरण परेको सूचना आएको जानकारी परिवारमार्फत पाएपछि मोरङ प्रहरीले कृष्णले प्रयोग गरेको मोबाइल ट्रेस गरेर खोजी थाल्यो । खोजीका क्रममै उनी बिहीबार विराटनगरको एक गेस्टहाउसमा फेलापरेका थिए ।
 
पक्राउ परेपछि कृष्णले आफूले जिस्किएर बाबु र परिवारलाई अपहरणको सूचना पठाएको प्रहरीलाई बयान दिएका छन् । बाबुसँग पाँच लाख माग्नुपर्ने कारण भने उनले अझै खुलाएका छैनन् ।
 
मोरङ प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र सिंह थापाले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जनाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१