झिरले छेडेर उपचार !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ बैशाख २०७३, शनिबार ०८:३६

काठमाडौं ४ बैशाख। राजधानी र अन्य सहरमा अत्याधुनिक सुविधा र प्रविधि सम्पन्न अस्पतालहरु खोल्ने प्रतिस्पर्धा नै छ तर यह दिेशाको अर्को भूभाग गोरखाको हिमालपारि चीनसँग जोडिएको बिही गाविसमा भने अहिलेसम्म बिरामी पर्दा झिरले पोलेर उपचार गर्ने कहालीलाग्दो अन्धविश्वास छ ।

स्थानीय तेन्जिङ लामाका अनुसार एक महिनाअघि बिही २ का टासी नुर्बु घरको तला उक्लिँदा भर्यौङबाट लडे । उनको देब्रेपटिका एकजोर करङ भाँचिए ।

गाउँको स्वास्थ्यचौकीमा स्वास्थकर्मी थिएनन् । प्राथमिक उपचार पनि नपाएका उनको उपचारको जिम्मा गाउँको धामीले पाए ।

धामीले फलामे भिर तताए । अनि दुखेको ठाउँ पत्ता लगाउर छेडे । दुई इन्च गहिरो पोलेर कलिलो मासुसम्म छेड्यो । घाउ ठूलै भयो । आजको अन्नपूर्ण दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१