डाटसन रेडी-गोको मूल्य २ लाख ५० हजार भारतीय रुपैयाँ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ बैशाख २०७३, शनिबार ०६:११

redi goडाटसन भारतले आफ्नो बहुप्रतिक्षित इन्ट्रिलेबल ह्याचब्याक कार ‘रेडी-गो’ सार्वजनिक गरेको छ। भारतमा यही अप्रिलमा लन्च गरिने भनिएकोमा यो कार आगामी जुन महिनामा मात्र लन्च गरिने भएको छ। डाटसन निसान अटोमोबाइल कम्पनीको कम बजेट ब्राण्ड हो।

यूवा जमातलाई लक्षित गर्दै एकदमै कम मूल्यमा यो बजारमा ल्याइने कम्पनीले जनाएको छ। यसको सुरुवाती मूल्य मात्र २ लाख ५० हजार भारतीय रुपैयाँ हुने बताइएको छ। मारुति अल्टो ८०० र रेनो क्वीडसँग प्रतिस्पर्धा गर्नेछ। भारतमा कम मूल्यमा उपलब्ध आकर्षक कार मानिएको रेनो क्वीडको मूल्यभन्दा रेडी-गोको मूल्य करिब १० हजार भारतीय रुपैयाँ कम हुने बताइएको छ।

प्रतिक्रिया