१९ वर्षमा विवाह ३ बच्चाकी आमा बनिन शाहरुखकी हिरोइन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ बैशाख २०७३, शनिबार ०५:३२

mumbaiमुम्बई । शुक्रबार रिलिज भएको फिल्म ‘फ्यान’मा शाहरुख खान मोडल तथा नायिका वालुस्चा डिसुजासँग रोमान्स गरिरहेका देखिन्छन् । ३३ वर्षकी वालुस्चाले निर्देशक मनिष शर्माको यस थ्रिलरबाट बलिउड फिल्ममा डेब्यु गरेकी हुन् ।

१९ वर्षको उमेरमा वालुस्चाले लभ म्यारिज गरेकी थिइन । उनी तीन बच्चा सनेल, ब्रुकलिन र सिएनाकी आमा हुन् ।

सन् २००२ मा मार्क रविन्ससँग उनले विवाह गरेकी थिइन । तर, उनी सन् २०१३ मा मार्कसँग डिभोर्स गरिन् ।

उनको परिवार नै उनी फिल्मको हिरोइन बनुन भन्ने चाहेको बलिउड सञ्चारमाध्यहरुले जनाएका छन् ।

१६ वर्षको उमेरमा मोडलिङ सुरु गरेकी वालुस्चाले सन् २००० मा मिस इण्डियामा भाग लिएकी थिइन ।  वालुस्चाको भारतीय फेसन उधोगमो उच्च साख छ ।

गोवामा जन्मिएकी उनी जब १० कक्षामा पढथिन त्यतिबेला एउटा मोटिभेशनल लेक्चर सुन्न गएकी थिइन ।

जहाँ अरु विद्यार्थीहरु अर्थशास्त्र, मनोविज्ञान तथा अन्य विषयमा विषयमा प्रश्न गरिरहेका थिए, तर उनले बलिउडमा कसरी छिर्ने भनेर प्रश्न गरेकी थिइन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१