सोसलवर्कका विद्यार्थीहरुले १०० भन्दा बढी बृद्धबुद्धालाई नँचाए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ बैशाख २०७३, शुक्रबार ११:३१

bhim 1  काठमाडौं, ३ बैशाख । नयाँ वर्ष २०७३ सालको अवसरमा कादम्बरी मेमोरियल कलेज र नेपाल कलेज अफ डेभलप्मेण्ट स्टड्जिमा अध्ययनरत सोसलवर्कका विद्यार्थीहरुले नयाँ वर्षको शुभारम्भको दिन सामाजिक कल्याण केन्द्र पशुपतिमा रहेका जेष्ठ बृद्धाश्रममा बृद्धबृद्धालाई मनोरञ्जन तथा सहयोग गर्ने उद्देश्यले सयुक्तरुपमा विविध सांस्कृतिक तथा हास्य कार्यक्रमको आयोजना गरको सम्पन्न गरेको छ । कार्यक्रमकी प्रमुख अतिथि नेपाल स्कुल अफ सोसलवर्ककी प्रमुख कार्यकारी प्रमुख प्रदिप्ता कादम्बरीले कार्यक्रमको उद्घाटन गर्दै सामाजिक कार्य विषय नै अध्ययन गरेका बिद्मार्थीहरुले समाजमा भइगरेका धेरै सामाजिक कार्यमा उल्लेखनिय भुमिका खेल्दै आएको बताउनुभयो । यसरी छोटो समयमा पनि बृद्धबृद्धा जेष्ठ नागरिकहरुको लागि केही सानै कार्यक्रम भएपनि उनीहरुले नयाँ वर्षमा केही रमाइलो गर्न यो कार्यक्रमले थोरै भए पनि खुसी दिएकोमा, आफू ज्यादै हर्षित भएको भाव व्यक्त गर्नुभयो । कार्यक्रममा सामाजिक कल्याण केन्द्र, पशुपतिका कार्यालय प्रमुख मनोज कुमार बस्नेतले आफनो परिवारबाट छुटिएर र परिवारिक मायाबाट बन्चित भएका धेरै आमाबाहरुलाई यो बृद्धश्रामले उनीहरुलाई संरक्षण गर्दे आएको बताउनुभयो । यस्ता केही फरक कार्यक्रमहरुले पनि उनीहरुको खोसिएकाको खुसीलाई केही क्षण भए पनि उनीहरुलाई खुसी तुल्याउन धेरै मद्धत पुराएको कुरामा जोड दिनुभयो ।bhim 2 कार्यक्रममा सामाजिक कल्याण केन्द्र, पशुपतिका प्रशासन प्रमुख कृष्ण कडेल, कादम्बरी मेमोरियल कलेजका दिलकुमार ठकुरी, गणेश प्रसाद घिमिरे र वाइट गोल्ड ट्राभल्सका सुमन श्रेष्ठको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न गायक गायिकाहरुले आआफनो गीत प्रस्तुत गर्नु भएको थियो भने बालिकाहरुबाट विभिन्न बोलका गीतहरुमा आकर्षक नृत्य गरेका थिए । सो बृद्धाश्रममा रहेका १०० भन्दा बढी बृद्धबुद्धाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अन्त्यमा उनीहरुलाई खाजा समेत खुवाइएको थियो ।bhim

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१