छउपडि न्यूनिकरणमा अनकन सक्रिय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ बैशाख २०७३, शुक्रबार ११:११

sarojसुदुरपश्चिमको बिभिन्न विकट जिल्लाहरुमा अझै पनि छउपडि प्रथाले बिकराल रुप लिइरहेको छ । छउपडिलाई धर्मसंग जोडी यसलाई रिति वा परम्पराको रुपमा स्विकार गर्दै अझै पनि १२–१५ बर्षका ग्रामिण भेगका किशोरीहरु छउपडि प्रर्था स्विकार गर्दै रजस्वलाको समयमा गोठमा त्यो नारकीय जिवन बिताउन बाध्य छन् ।

देशले धेरै कोल्टो फेरिसक्यो देशको निति निर्माण तहमा क्षमतावान् महिलाहरु पुगिसके तर छउपडि समस्या अझै पनि ति दुरदराजमा जस्ताको तस्तै छ र यसलाई न्युनिकरणको लागि सरकारी तवरबाट यथाचित पहल नभएको पाईरहेको समयमा बिभिन्न क्षेत्रमा नेपाल र नेपालीहरुलाई सहयोग गर्ने गरी अमेरिकामा स्थापित अमेरिका नेपाल कम्युनिटि आउटरिच नेटबर्क अनकनले जुम्लामा बैशाख ८ र ९ गते २०७३ सालमा छउपडि प्रर्थाको केही हदसम्म न्यूनिकरणको निमित्त समुदायमा आधारित अन्र्तक्रिया कार्यक्रम र सडक नाटक सञ्चालन गरी नमुना प्रोजेक्टको रुपमा आयोजना गरिएको छ र कार्यक्रम पशचात सामजमा देखिने प्रभाबकारीतालाई हेरेर अन्य जिल्लाहरुमा समेत कार्यक्रम आयोजना गरी सुदुर पश्चिमको जिल्लाहरुमा छउपडि न्यूनिकरण अनकन सक्रिय रहनेछ ।saroj 1
सरकार सँग त्यसको लागि काम गर्ने सक्ने यथचित रुपमा योजना नहुदा अहिले सम्म पनि यो कुरितीले बिकराल रुप लिईरहेको छ । त्यही भएर अनकनले नमुना प्रोजेक्टको रुपमा सुरु गरेको हो र यदि सरकारले अनकन जस्तो सामाजिक संस्थालाई साथ दिने हो भने यो कुप्रर्थाको न्यूनिकरणमा खासै समय लाग्दैन । यस्तो कार्यको लागि निजि क्षेत्र र सरकार दुबै मिलेर गर्ने हो भने सुदुरश्चिमबाट छउपडि प्रर्था न्यूनिकरण भएर जाने थियो । यतिका बर्ष सम्म बिभिन्न संघ संस्था र सरकारले काम गर्दा पनि न्यूनिकरण नहुनु भनेको बिडम्बनाको कुरा छ । यसका लागि सरकारी र निजि क्षेत्रबिच सहकार्य हुनु अत्यन्तै जरुरी छ ।

यस कार्यक्रमबाट २१ औँ शताब्दीमा कुरितिको रुपमा रहेको छउपडिलाई न्यूनिकरण गरेर असल समाज निर्माणमा अनकन अघि बढ्ने कुरामा बिश्वस्त रहेको जानकारी यस कार्यक्रमको संयोजक अग्नी संञ्जेलले बताउनु भयो । जुम्लामा यो नमुना प्रोजेक्टको रुपमा लिईएको छ र यस कार्यक्रमबाट समाजमा देखिने परिबर्तनको अधारमा अन्य जिल्लाहरुमा समेत भबिष्यमा बिबिध खालका कार्यक्रम गरी छउपडि जस्तो बिद्यमान कुरितीको न्यूनिकरणमा अनकन सधैव अगाडी रहेको कुरा अनकनका अध्यक्ष प्रकाश गौतमले बताउनु भयो । यस अभियानलाई छउपडि रहेका अन्य जिल्लाहरुमा समेत भबिष्यमा काम गर्ने लक्ष्य अनकनले राखेको छ ।

अनकनले छउपडि प्रथा न्यूनिकरणको लागि पनि भविष्यमा बिबिध खालका जनचेतना मुलक कार्यक्रम गर्ने दृढ अठोट राखेको छ । छउपडि प्रथाको न्यूनिकरणको लागि हामी प्रतिवद्ध रहेको कुरा अनकनका बरिष्ठ उपाध्यक्ष थलराज पन्तले बताउनुभयो ।

अनकन अमेरिकामा रहने नेपालीहरुको सामाजिक सस्था हो र यसले छउपडि प्रर्था मात्र नभई शिक्षाको क्षेत्रमा समेत सहयोग गरिरहेको छ र केही बालबलिकाहरुलाई छात्राबृत्ति समेत प्रदान गरी अनकनले सामाजिक सेवामा आफुलाई प्रमाणित गरिसकेको छ । त्यसैगरि अनकनले चितवनमा हिमालय निम्न माध्यमिक बिद्यालयमा कम्प्युटर ल्याव समेत निर्माण गरी कम्प्युटर शिक्षा प्रदान गर्नमा सहयोग गरेको छ । साथै अनकनले भुकम्प पश्चात लायन्स क्लवको माध्यमबाट सहयोग हस्तान्तरण गरेको थियो र भुकम्पले प्रभाबित जनमैत्री क्यापसलाई भवन निर्माणको लागि सहयोग रकम क्यापसलाई हस्तान्तरण गरी नेपालमा सहयोगको क्रमलाई निरन्तरता दिदै आईरहेको छ ।

साथै महिलाहरुलाई सवल र सक्षम बनाउनको लागि समेत सहयोग गरेको छ र युवाहरुलाई सशक्तिकरणमा समेत सहयोग हात अघि बढाईरहको यस अनकनले नेपाल र नेपालीहरुप्रति देखाएको सदभावलाई जो कोसैले पनि प्रशंसा गर्न लायक छ ।

अमेरिकामा रहँदा पनि नेपाल र नेपालीहरुलाई सहयोग गर्न पाउदाँ ज्यादै खुशि रहेको कुरा यसै प्रोजेक्टका लक्ष्मी ओलीले बताउनुभयो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१