कुमार अविरल पन्थी/कतार ,१२ असार ।
गुल्मी सेवा समाज कतारले हवाई टिकट स्वरुप आर्थिक सहयोग गरेको छ । गुल्मी जिल्ला छापहिले गा.वि.स. वडा नम्बर ४ स्थायी घर भइ रोजगारीको सिलसिलामा कतार आइपुग्नु भएका पूर्ण बहादुर पराजुलीलाई गुल्मी सेवा समाज कतारका पदाधिकारीहरुबाट संकलित रकम कतारी रियाल ७२० (सात सय बिस) आर्थिक सहयोग गरीएको हो ।
पराजुलीको स्वास्थ्य अवस्था ठिक नभए पछी उहा नेपाल फर्कनु भएको छ । कतारको एक कम्पनीमा कार्यरत पराजुली स्वास्थ्यमा खराबी देखिए पछि कतार आएको २ महिना पनि बित्न नपाउदै नेपाल फर्कनु परेको छ । घरको आर्थिक अवस्था निकै कमजोर रहेका पराजुली मनमा अनेकौ सपना बुन्दै कतार भित्रिनु भएको थियो तर बिडम्बना उहाले मन मनै बुनेका ति सपना पुरा हुन् सकेनन । साहुको ऋण्ँ तिरी भोलिको शुखमय जीवन यापन गर्ने त्यो सपना केवल सपनामा मात्र सिमित रहन पुग्यो । स्वास्थ्यले साथ नदिएपछि कसको के नै लाग्छ र सबै भन्दा ठुलो धन त स्वास्थ्य नै रहेछ । मानिस स्वस्थ भएमा मात्र उसले हरेक कुराहरु गर्न सक्छ , तेस्तै भएको छ पराजुलीको जीवनमा पनि । उहाको स्वास्थ्यमा छिट्टै सुधार आओस, शिघ्र स्वास्थ्य लाभको कामना ।
गुल्मी सेवा समाज कतारले विभिन्न समयमा समस्यामा परेका नेपालीहरु लाई सहयोग गर्दै आइरहेको छ ।
प्रतिक्रिया