चर्चित क्रिकेटरको गोली हानी हत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ बैशाख २०७३, बिहीबार ०८:०४
ब्रिटेनका २२ वर्षीय क्रिकेटर एड्रियन सेन्ट जोनको क्यारेबियनकाठमाडौं
ट्रिनिडाड–ब्रिटेनका युवा क्रिकेटरको गोली हानी हत्या गरिएको छ । हतियारधारी लुटेराको समूहले ब्रिटेनका २२ वर्षीय क्रिकेटर एड्रियन सेन्ट जोनको क्यारेबियन राष्टङ ट्रिनिडाडमा गोली हानेर हत्या गरिएको हो । एक व्यक्ति पक्राउ एड्रियनको आइतबार राति हत्या भएको ट्रिनिडाडका स्थानीय समाचार माध्यमले जनाएको छ ।
 
 
ती समाचार माध्यमका अनुसार हत्या गरेको आशंकामा २४ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । अस्पताल लैजाने क्रममा मृत्यु घटना ट्रिनिडाडको दक्षिणी भागको माउन्ट डिओरमा भएको थियो । एड्रियनले महिला यात्रीको छोरीलाई लिन जाने क्रममा कार रोकेका थिए । त्यसै मौका छोपेर लुटेराहरु कारभित्र पसेका थिए । स्थानीय प्रहरीका अनुसार लुटेराले कारमा रहेका सबै यात्रीको सामान लुटेका थिए । त्यसपछि लुटेराले एड्रियनलाई गोली प्रहार गरेका थिए । त्यसक्रममा उनलाई अस्पताल लाने क्रममा ज्यान गएको हो । उनको शव मंगलबार ब्रिटेन लगिने छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१