मुलुकभर धुमधामका साथ चैते दशैँ पर्व मनाईदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ बैशाख २०७३, बिहीबार ०७:५६
चैते दशैँकाठमाडौँ, २ वैशाख । आज चैते दशैँ पर्व । देशभरका हिन्दु धर्मावलम्बिले आज चैते दशैँ हर्षोल्लास पूर्वक मनाउँदै छन् । हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन शक्ति स्वरुपा देवी भगवतीको पूजा अर्चना गर्दै चैते दशैँ मनाउने परम्परा रही आएको छ ।
 
 
पर्वका अवसरमा काठमाडौँ उपत्यका लगायत मुलकुभरका विभिन्न शक्तिपीठ तथा मन्दीरहरुमा शक्ति स्वरुपा भगवतीको दर्शनार्थ विहानैदेखि भक्तजनहरुको घुँइचो लागेको छ । आज भगवतीका मन्दिरहरुमा पूजापाठको साथ पशुबलि पनि चढाइन्छ ।
 
वर्षको दुई पटक चैत्र र आश्विनमा गरिने दुर्गापूजा अन्र्तगत मुख्य बडा दशैँ असोजमा र चैते दशैँ चैत शुक्ल अष्टमीका दिन देशभरका हिन्दु धर्मावलम्बिले मनाउने परम्परा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१