वडाको काम बोकेर सिंहदरबार जाने सांसद को हुन् ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ बैशाख २०७३, बिहीबार ०७:४५
harkaकाठमाडौं, २ वैशाख  । ओखलढुंगाका सांसद हर्कबोल राई सोलुका विकास निर्माणसम्बन्धी ११ वटा योजनाका लागि आइतबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग पुगे। सरकारले प्रकाशित गर्न लागेको रातो किताबमा ती योजना पार्न सोलुका प्रतिनिधिसहित उनी त्यहाँ पुगेका हुन्। अन्नपूर्ण पोस्टमा समाचार छ।
 
 
आयोगमा स्थानीय विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हेर्ने जिम्मेवारी पाएकी सदस्य डा. सुमित्रा अमात्यले ११ मध्ये दुईवटा पुलमात्र स्वीकृत हुने संकेत दिएर टोलीलाई विदा गरिन्।
 
रातो किताबमा योजना पर्ने प्रक्रिया फरक छ तर राई जस्तै योजनालाई प्राथमिकतामा पार्नु पर्ने माग गर्दै यतिबेला आयोगमा थुप्रै सांसद दर्जनौ्र योजना बोकेर पुग्ने गरेका छन्। सम्बन्धित नगरपालिका वा जिल्ला विकास समितिको परिषदबाट पास गरेर त्यसपछि क्रमश मन्त्रालय हुँदै आइपुग्नु पर्ने योजना बोकेर जिल्लादेखि सांसद आउने गरेका छन्।
 
सांसद राईको लेटरप्याडमा पाँचवटा पुल, एउटा भवन र अन्य सडक सम्बन्धी गरी ११ वटा योजना बझेपछि सदस्य अमात्यले भनिन्,‘दैनिक यरी दजौनौ योजना आइरहेका छन्। प्रक्रियाबाट आउनु पथ्र्यो आएन। ल तपाईहर नै भन्नोस् कुनै एउटा योजना कनु छान्नुहुन्छ? टोली अक्मकियो। टोलीले कम्तीमा दुईवटा पुल राखिदिन आगैह गरेपछि एमाले सोलुका अध्यक्ष मानवीर राईले भने,‘नाम्चे जाने खुम्बु क्षेत्रको काया खेत र घना बस्ती जाने चुर्पुघाटमा गरी दुईवटा पुल।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१