काठमाडौंमा खिचिएको हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’ को ट्रेलर (भिडियो)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ बैशाख २०७३, बिहीबार ०७:१५
हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’ को ट्रेलर रिलिज भएको छ।
एक मिनेट ५६ सेकेन्डको उक्त ट्रेलरमा पशुपतिनाथ, स्वयम्भुनाथ, ठमेल, न्युरोड र पाटन दरबार स्क्वायरका दृश्य अटाएका छन्। हलिउडको चर्चित मार्वल स्टुडियोले निर्माण गरेको फिल्म खिच्न टोली सन् २०१५ नोभेम्बरमा नेपाल आएको थियो। फिल्म अमेरिका, बेलायत र हङकङमासमेत खिचिएको छ।
स्टक डेरिक्सन निर्देशित फिल्ममा बेन्डिक्ट कम्बरब्याक, चिवेटल एजिअफर, ¥याचेल म्याकआडम्स, माइकल स्टुलबर्ग, म्याड्स मिकेल्सनलगायतले अभिनय गरेका छन्।
फिल्म यसै वर्ष नोभेम्बरमा रिलिज हुनेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१