न्यायाधीशले सोधे, ग्रिनेड कसरी पड्कन्छ ? प्रहरीले प्रत्यक्ष पड्काएर देखाइदिए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ बैशाख २०७३, बिहीबार ०७:१३
pakishthanकराँची । पाकिस्तानी सहर कराचीको एउटा 
प्रतिआत.कवाद अदालतमा भएको विस्फोटका कारण न्यायाधीशसमेत केही व्यक्ति घाइते भएका छन् । विष्फोट हुनुको मूल कारण बयान दिइरहेको प्रहरीले न्यायाधीशलाई ग्रिनेड कसरी पड्कन्छ भनेर नमूना देखाउँदा घटना भएको हो ।
 
गएको सोमबार नियमित न्यायिक कारबाहीका क्रममा अचानक अदालतभित्रै विष्फोट हुँदा भागदौड मच्चिएको थियो । घटनास्थलमा रहेकी वकिल असमाउल हुस्नाका अनुसार उनको केस सुरु हुनै लाग्दा चर्को आवाजका साथ ग्रिनेड पड्कियो ।
 
न्यायाधीशले सोधे कि ग्रिनेड कसरी चलाइन्छ ? म बताउँछु भन्दै सिपाही अघि सरे । लगत्तै न्यायाधीशले सोधे यो विस्फोट त हुँदैन नि ? पुलिसले हुँदैन भन्दै पिन निकाले । तर, ग्रिनेड विस्फोट भयो ।
 
विस्फोटका क्रममा न्यायाधीश आफ्नो कुर्सीबाट लडे भने अदालतमा उपस्थित अन्य मानिस पनि घाइते भएका छन् ।
 
घटनामा घाइते भएकामध्ये तीन जना अझै अदालतमा छन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१