मेडिकल काउन्सिलमा दर्ता भएका ४ हजार डाक्टर खोइ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ बैशाख २०७३, बिहीबार ०७:०७
मेडिकल काउन्सिलनेपाल चिकित्सक संघले एक वर्ष एक महिना लगाएर तयार परोको चिकित्सकहरुको तथ्यांकमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका झन्डै ४ हजार चिकित्सक हराएको पाइएको छ। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।
संघले गहिरो अध्ययन अनुसन्धान गरी तयार पारेको चिकित्सक खोज तथ्यांक नयाँ वर्षको उपलक्ष्यमा मोबाई एपका नामले सार्वजनिक गरिएको छ।
नेपाल मेडिकल काउन्सिलको तथ्यांकमा १७ हजार ३ सय २१ जना चिकित्सक दर्ता देखिएको छ भने नेपाल चिकित्सक संघको अनुसन्धानमा १३ हजार ५ सय १० जना डाक्टर फेला परेका छन्।
संघले सोही तथ्यांकसहित डाक्टरको विस्तृत विवरण समेटिएको एप सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो।
उक्त एप डाक्टर, स्वास्थ्यकर्मी, सर्वसाधारण नागरिक तथा नीति मिर्मातालगायतलाई सहयोगी हुने तथ्यांक संकलन र एप तयार पार्नमा महत्वपूर्ण भूमिका खेल्ने डा. सुवास प्याकुरेलले जानकारी दिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१