बैशाख २ गते बिहीबारः हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ बैशाख २०७३, बिहीबार ०७:०४

श्रीसूर्य उत्तरायण वसन्त ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल वैशाख २ गते विहिबार नेपाल सम्बत ११३६ चौलाथ्व सन् २०१६ अप्रिल १४ तारिक शुक्लपक्ष अष्टमी तिथि राती २ वजेर ३५ मिनेटसम्म, पुनर्वसु नक्षत्र राती ७ वजेर ३९ मिनेटसम्म, सुकर्मयोग अपरान्ह ६वजेर १० मिनेटसम्म, भद्राकरण अपरान्ह २ वजेर ५४ मिनेटसम्म, आनन्दादियोग सिद्धि सूर्य मेष राशीमा, चन्द्रमा अपरान्ह १ वजेर ४० मिनेटसम्म मिथुन उप्रान्त कर्कट राशीमा ।

mesh
मेषः– प्रातका थोरै अनुकुल भए पनि मध्यान्ह पछिको समय खर्चालु रहनेछ । काम गर्ने जोश जागर घट्नेछ । चिन्ता बढ्ने छ । स्वास्थ्यमा समस्या आउ सक्छ ।

brish
वृषः– काम गर्ने उत्साहा विस्तारै बढ्ने देखिन्छ । पुराना काम विस्तारै फस्र्योट हुने छन् । आर्थिक उन्नति तिर पाइलाहरु लम्किने छन् । व्यापारमा क्रमिक सुधार आउने देखिन्छ ।

mithun
मिथुनः– समय तपाईलागि धेरै अनुकुल नदेखिएको हुदा काम गर्दा संयमित हुन आवस्यक देखिन्छ । विशेष गरेर वित्तिय कारोवार गदा सतर्क रहनु होला ।

karkat
कर्कटः– प्रातकाल प्रतिकुल देखिन्छ,काम गर्दा संयमित हुनु होला । मध्यान्ह पछि भने समयले थोरै साथ दिने देखिन्छ । काममा देखिएको गतिरोधको विस्तारै अन्त्य हुने छ ।

sinha
सिंहः– समय प्रतिकुल बन्दै छ काममा ढिला सुस्ति नगर्नु होला । यदि ढिला सुस्ति गर्नु भयो भने आफुले लिने फाइदा अरुले नै लिने छन् । खर्चमा वृद्धि होला ।

kanya
कन्याः– नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रो हुनेछ । नसोचेका ठाँउहरुबाट सहयोग मिल्ने छ ।

tula
तुलाः– रोकिएका कामले विस्तारै गतिलिने छ । विश्वासको बातावरण बन्नेछ । कुनै कुराको निर्णय लिनु पूर्व अध्ययन आवस्यक छ । हचुवाको भरमा काम नगर्नु होला ।

brischik
वृश्चिकः– प्रातकाल त्यति अनुकुल देखिन्न नयाँ काममा हात नहाल्नु होला । उपलब्धिका काममा अवरोध आउनेछ । मध्यान्ह पछि समयमा थोरै सुधार आउनेछ ।

dhanu
धनुः– दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । नयाँ काममा हात नहाल्नु होला । स्वास्थ्यमा समस्या आउन सक्छ । काम काजमा अवरोध आउनेछ । व्यापारमा गिरावट आउनेछ ।

makar
मकरः– नयाँ परिस्थितिको सृजना हुने छ । नयाँ कामको अवसर प्राप्त हुन सक्छ । आयत निर्यात व्यापारमा सुधार आउने छ । परिवारजनबाट सहयोग मिल्ने छ ।

kumbha
कुम्भः– समयको महत्व बुझेर काम गर्न सकिएन भने पछि परिने छ । काम गर्ने सहज बातावरण बन्ने छैन । सवै काम मेहनतबाट मात्र बन्ने छन् । मनमा त्रास उत्पन्न हुनेछ ।

min
मिनः– घर छोडेर बाहिर जाने अवस्था आउन सक्छ । कामको वीचमा दुविधा उत्पन्न हुन सक्छ । समयमा निर्णय लिन सकिएन भने अरुले फाइदा लिने छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१