नयाँ वर्ष भन्दै मापसे गर्ने ४५ सवारी चालक पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ बैशाख २०७३, बुधबार ०९:३३

mapaseकाठमाडौँ १ वैशाख । चितवनमा प्रहरीले मापसे गरेर नयाँ वर्ष मनाएका ४५ सवारी चालकलाई पक्राउ गरेको छ । गएराति चितवनका विभिन्न क्षेत्रमा सवारी रोकेर उनीहरुलाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । नयाँ वर्षमा रमाइलो गरेर मापसे गरी हिँडेकालाई पक्राउ गरिएको हो । उनीहरुलाई अहिले प्रहरी कार्यालय चितवनमा राखिएको छ । आवश्यक कारबाहीपछि जरिवानासहित उनीहरुलाई प्रशिक्षण दिएर छाडिने जनाइएको छ । टोल, गाउँ र विद्यालयका चालकलाई विभिन्न समयमा चेतना दिएर प्रशिक्षण दिइए पनि अझै मापसे गरेर सवारी चलाउने क्रम भने रोकिएको छैन । नियम उल्लङ्घन गर्नेमा बढी मोटरसाइकल चालक रहेको पाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१