अवैध रुपमा भित्रिका मोबाइल सेट आजदेखि नचल्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ बैशाख २०७३, बुधबार ०९:२९
mobileकाठमाडौं । अवैध रुपमा भित्रिका मोबाइल सेट अब नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रे मार्केटबाट भित्रिइरहेका मोबाइल सेटको प्रयोगलाई निरुत्साहित गर्ने योजना अनुसार वैशाख १ गतेदेखि लागु हुने गरी यस्तो कार्यक्रम सञ्चालन गरेको हो । प्राधिकरणले दूरसञ्चार उपकरणको अवैध कारबोर रोक्न ‘राष्ट्रिय उपकरण पहिचान दर्ता कार्यान्वयन सम्बन्धि अन्तरिम’ निर्देशिका जारी गर्दै त्यस्ता मोबाइले सेटको प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाउने तयारी गरेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।
 
अवैध रुपमा भित्रने मोबाइल सेटबाट सरकारले ठूलो परिणाममा राजस्व गुमाउँदै आएको तथा आपराधिक क्रियाकलापसमेत बढ्दै गएको ठहर गर्दे प्राधिकरणले उपकरण दर्ता कार्यान्वयनमा ल्याएको हो । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१