सचेतनामुलक कार्यक्रमले बालबालिकाको स्वास्थ्य स्थितीमा सुधार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० चैत्र २०७२, मंगलवार १५:४७

सन्दिप कुमार बैश्य/
बर्दिया । बर्दिया जिल्लाका ग्रामिण क्षेत्रमा रहेका अधिकांस सामान्य परिवारका बालबालिकाहरुको बिगतको भन्दा अहिले बर्तमान समयमा स्वास्थ्य स्थितीमा सुधार आएको छ । जिल्लामा एक गैर सरकारी संस्थाले बालबालिकाको स्वास्थ्य सुधार बारे बिशेष खालको सचेतनामुलक कार्यक्रम गरेपछि सो सुधार आएको हो ।

गुलरिया नगरपालिका वडा नम्बर १३ स्थित रंगीपुर गाउँमा बस्ने जयराममल्लाहको एक वर्षिय छोरा सूरज मल्लाह आज भन्दा एघरा महिना आगडी उनी साह्रै कुपोषित अवस्थामा रहेका थिए । सूरजको बुबाआमा सामान्य परिवार र दैनिक रुपमा ज्यालदारी गरेर चार जनाको परिवार चलाउदै आइरहेका छन् । गरीबीको कारणले स्वास्थ्यका बिषयमा चासो नदिनले त्यति जानकार नभएको दुईवटा बच्चाभएकीआमा विष्णु मल्लाहले बताईन् । जिल्लामा एक गैरसरकारी संस्था मार्फत सुआहारा कार्यक्रम अन्तर्गत भन्छिन् आमा परियोजना संचालन पछि सोही परियोजनाको अवधारणा अनुसार रेडियो कार्यक्रम र नागरिक सचेतना केन्द्रमा महिनाको दुई पटक सामाजिक परिचालकले छलफल सहजीकरण गर्ने कार्यक्रममा लगातार सहभागी भईरहेकी विष्णु मल्लाहले बल्ल आफ्नो बच्चा कुपोषित भएको कुरा थाहा पाएकी बताईन ।

गरीबीको कारणले खानपिन, स्याहार र चेकजाँच गराउन सक्ने अवस्था नभएको कारणले उनी र परिवारले आफ्नो  दिनचरिया बिताउने दैनिक कामकाजमा नै केन्द्रित हुन्थे जसका कारण उनीलाई बाहिरी सेवा सुविधाबारे अनजान हुन्थ । तर नागरिक सेवाकेन्द्रमा लगातार सहभागी हुदै आएकी बिष्णुले अस्पतालबाट निःशूल्क चेकजाँच र स्याहार हुन्छ भन्ने कुरा सो केन्द्रबाट जाकारी पाएको बताईन । बिष्णुले भनिन आफ्नो लागि नभए पनि बच्चाको उज्वल भपिष्यको निम्ति स्वास्थ्य परीक्षण गराउनु पर्छ भन्ने मनसायले उनी गैरसरकारी संस्था जनजागरण महिला संघका समाज परिचालकको सहयोगमा जिल्ला अस्पताल गुलरियामा बच्चालाई ल्याइन । बच्चाको अवस्था असामान्य भएकोले अस्पतालमा सुधार केन्द्र भित्र नै राखेर चेक जाँच र स्याहार गर्न थालियो ।

हाम्रै घर र घरवरपर सबै खानेकुराहरु छन् तर हामी खान र खुवाउन नजानेर यस्ता कुपोषणका समस्याहरु आउने आउने गरेको बिष्णुले बताईन । साथै उनले गर्भवती र दुई वर्ष मुनिको समय कतिको महत्व र जरुरी रहेछ भन्ने जानकारी समेत पाएको बताईन । बिष्णु मल्लाहको बच्चा जस्तै ग्रामिण क्षेत्रमा रहेका अधिकासं सामान्य परिवारका बालबालिकाहरुको स्वास्थ्य स्थितीमा अहिले ब्यापक सुधार आएको सुहारा कार्यक्रका जिल्ला संयोजक गन्धिराज वाग्ले बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१