बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुग्याे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० चैत्र २०७२, मंगलवार १३:१८
खोटाङ । खोटाङको बर्खेटारमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुगेको छ । आज बिहान दिक्तेलबाट काठमाण्डौंकालागि छुटेको बा२ ख ६३७६ महादेवथान–१ बर्खेटारमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २२ पुगेको घटनास्थलमा खटिएका उद्धारकर्मीले जानकारी दिएका छन ।
अहिलेसम्म १५ पुरुष र ७ महिलाको शव बर्खेटार भीरको पाखामा छरपस्ट भएको अवस्थामा संकलन गरिएको घटनास्थल पुगेका शसस्त्र प्रहरी हलेसी गुल्म दिक्तेलका शसस्त्र प्रहरी निरिक्षक फुर्गेली शेर्पाले जानकारी दिए ।khotang
 
पाखा र खोल्सा खाल्सीबाट मृतकको शव सडकमा निकाल्ने क्रम जारी छ। सडकबाट डेढ सय मिटर तल खसेको बस भीरमा रहेको बाँसघारीमा अड्किएको छ।
 
मृत्यु भएकामध्ये काठमाण्डौं घर भएका चालक अर्जुन उप्रेती, निर्मलीडाँडा–५ की बिमला राई, उदयपुर ताम्लिछाकी शान्ता राई, उदयपुर ठानागाउँका हेम सुनुवारको सनाखत भएको प्रहरीले जनाएको छ। अन्य मृतकको पनि खोजी भइरहेको छ।
 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१