यी हुन् श्री ३ जंगबहादुर राणाका १० चर्तिकला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० चैत्र २०७२, मंगलवार ११:०८

junga bahadur ranaनेपाली इतिहासमा कहिल्यै बिर्सिन नसकिने खलपात्र हुन् जंगबहादुर राणा । उनको बारेमा उनको शासनकालमा मात्रै नभइ इतिहासका हरेक कालखन्डमा   चर्चा हुँदै आएको छ । उनले नेपालको लामो शाहवंशीय परम्म्परालाई तोड्दै विशेष गरि राजाहरुको अधिकारलाई नै खोसी राजालाई खोपीको देउता बनाएर आफु श्री ३ महाराज भएर रहे । वि।सं १९०३ मा श्री ५ लाई हटाई श्री ३ को इतिहास सुरु गराएका थिए । त्यसैले पनि सबैले उनलाई शक्तिशालीको उपमा दिएका छन् । उनका बारेमा थुप्रै भनाइहरु पाइन्छन जस्तो कि उनी ज्यूँदै बाघ समात्थे , धरहराको टुप्पोबाट हाम फाल्थे , वाढी आएको बागमतीमा हाम फाल्थे ’आदि आदि ।   जंगबहादुर राणाका छोरा पद्यम जंगबहादुरले आफ्ना पिताको डायरीको आधारमा लेखेको पुस्तक ‘लाइफ अफ महाराज सर जंगबहादुर’मा अनेकौं चर्तिकलाहरु उल्लेख गरेका छन् । जुन यस प्रकार रहेका छन् । १।जंगबहादुरको पालामा देशमा करिव करिव तीन थरी शासन चलेको थियो । राजा, रानी र राजकुमारले तीनथरी शासन चलाउन थालेका थिए । त्यही चरबाट उनी देशको मुख्य शासन आफ्नो हातमा लिन सफल भए । २। पारिवारिक पृष्ठभूमि सैनिक भएकाले जंगबहादुर घोडचढीका निकै सौखिन थिए । उनी जहाँ जता जानु परे पनि  घोडामै सवार हुन्थे । जहाँ पुगेपनि शिकार खेल्ने मूडमा हुन्थे । त्यसैले उनी गोला बारुद र बन्दुकको सम्पूर्ण बन्दो बस्त गरेर हिड्थे । शिकारी मानसिकता भएकै कारण उनले बम्बईबाट ३० वटा अरब जातका घोडा मगाएका थिए । ३। जंगबहादुर १८५३ मे २६ को गर्मीको दिन बद्रीनाथ दर्शन गरेर फर्कने क्रममा उनले सिमाना देखि काठमाडौंसम्म १ सय ९ माइल लामो यात्रा निरन्तर घोडामा गरेका थिए । उक्त यात्रामा १२ वटा घोडा बदलेका थिए । ४। उनी पढ्ने तिर भन्दा बन्दुक, युद्ध, घोडचढी, खेलकुदमा बढि ध्यान दिने दिन्थे । ५।एकदिन दरबारको जग्गा कमाउने किसानहरुले तुसारोको कारण बाली नष्ट भएकाले त्यस बर्षको तिरो र मालपोत मिनाहाको विषयमा मन्त्रिपरिषदमा विवाद भयो । त्यसबेला उनी मन्त्री परिषदको सदस्य थिए । प्रधानमन्त्रीले सो विषयमा उचित कदम चाल्न नसकेपछि जंगबहादुरले त्यसको विरोध गरेका थिए । त्यसपछि मामा–भाञ्जा ‘माथवर र जंगबहादुर’ बीच चर्को भनाभन चल्यो । जंगले भने–‘यो निर्णय एकदमै केटाकेटी भयो । मलाई केटाकेटी नठान्नुहोस ।’ अनि यसमा राजा र राजकुमारले पनि जंगको पक्ष लिएपछि माथवरको मुख बन्द भयो । ६। जंगबहादुर नेपालबाट निस्किएको चार महिनापछि बेलायत पुगेका थिए । पछि उनी फर्किंदा नेपाली कला, संस्कृति, जनजीवन र कानूनमा समेत पश्चिमी प्रभाव प्रसस्त बोकेर फर्किए । ७।जंगबहादुरको भ्रमणमा निस्केको टोलीले चिसापानीगढीको बाटो हुँदै पत्थरघट्टा पुगेको थियो । जहाँ उनीहरुले १५ दिनसम्म बाघ र हात्तीको शिकार गरेर बसेको थियो । ८।जंगबहादुर बेलायत जाने बेला पानीजहाजको प्रयोग गरेका थिए । समुन्द्री डाँकुबाट बच्न उनले तोपहरु जडान गरेका थिए । उनले भ्रमण टोलीमा कट्टर हिन्दूहरुलाई भान्से, पिपलको विरुवा भएको गमला, ४० वटा पित्तलका गाग्रीहरु, दुहुनो गाई र महिनौं सम्मलाई पुग्ने दाल, चामल पनि साथै लगेका थिए । ९। बेलायतमा पुगि नेपाली अलग्गै बसी खाना खान्थे । गाई दुहुन पनि अरुले पाउँदैनथे । यो दृश्य देखेर बेलायतीहरु अचम्म मान्थे । ४२ जनाको भ्रमण दलले आफ्नो पोका–पन्तुरा बोकेर बेलायती होटलमा दौरा लगाएका जाँदा बेलायतीहरु रमिता मानेर हेर्थे । १० । बेलायतको भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन् जंगबहादुर राणा । त्यसबेला अहिले जस्तो हवाईजहाजबाट सजिलै पुग्नसक्ने अवस्था थिएन । त्यसबेला उनी भारतको बाटोहुँदे गएका थिए । उनी बेलायत भ्रमण गर्ने पहिलो प्रधानमन्त्री मात्रै नभएर एक वर्षसम्म त्यही बस्ने नेपाली प्रधानमन्त्री पनि थिए । nepalpati बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१