जिप बाट खस्दा एक बालीका मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० चैत्र २०७२, मंगलवार ०९:३५

balikaसम्राट सिंह/बझाङ ३०  चैत्र ।
मोरीवगर वाट चैनपुर आउदै गरेको जिपवाट खस्दा एक बालीकाको मृत्यु भएको छ । मालुमेला वाट तमेलका लागी जीपमा चढेकी जयपृथ्वी नगरपालीका सुतीया घर भएकी वर्ष १३ की राजुकुमारी गिरीको जिपवाट खसेर तमेलमा मृत्यु भएको हो ।
गाडीको पछाडी बसेकी राजकुमारीले तमेल जीप रोक्नुस भन्दै कराए पनि जिप चालकले नरोकी तिब्र गतिमा लिएपछि बालीकाले तमेल बजार वाट अलिमाथी उकालोमा जिपवाट हामफालेको स्थानिय लक्ष्मण रोकायाले वताउनु भयो । चल्दै रहेको जिपवाट हाम फालेकी बालीकाको टाउकोमा गम्भीर चोट लागेपछि घटना स्थलमै मृत्यु भएको पनि उहाँले जानकारी दिनु भयो ।
चालक धन बहादुर बोहराले बालीकाको आवाजको बेवास्था गर्दा घटना भएको प्रहरी नायब निरिक्षक लक्ष्मीराज अधिकारीले वताउनु भयो । उहाँले भने गाडी सहित चालक लाइ नियन्त्रणमा लिएका छौ र थप अनुसन्धान भई रहेको छ ।
चौधारी घर भएका डम्मर सार्कीले भरखरै खरिद गरेको विना नम्वरको महेन्द्रा कम्पनीको बलेरो जीप हो । चालक लाई कार्वाही र क्षतिपुर्ती नदिए सम्म लाष नउठाउने भन्दै मृतकका आफन्तहरुले जयपृथ्वी राजमार्ग अवरुद्ध पारेपछि यात्रुहरु तमेल बजारमा अलपत्र परेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१