प्रवासी युवाले पठाएको रकम पत्रकार भण्डारीद्धारा मिर्गौलापीडितलाई हस्तान्तरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० चैत्र २०७२, मंगलवार ०७:२५

jibanकाठमाडौँ । दुवै मिर्गौलाले काम गर्न छोडेका हरेवा–७ गुल्मीका दीपक गुरुङलाई उपचारका लागि सहयोेग रकम हस्तान्तरण गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रिय समाचार समितिका उपसम्पादक जीवन भण्डारीले रु एक लाख ३५ हजार ७४ मिर्गौलापीडित गुरुङलाई हस्तान्तरण गरेका हुन् । उक्त रकम संयुक्त अरब इमिरेट्स (युएइ)को अबुदाबीमा कार्यरत नेपालीले सङ्कलन गरेर पठाएका हुन् । रकम सङ्कलनको नेत्तृत्व जहरसिंह गुरुङले गरेका थिए । दुई वर्ष अघिदेखि मिर्गौलाका बिरामी रहेका गुरुङ करिब चार महिनादेखि बनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा उपचाररत रहेका छन् । उपचारका क्रममा उनलाई हप्ताको दुईपटक ‘डाइलोसिस’ गर्नुपर्छ । उपचारका लागि महिनाको रु २५ देखि ३० हजारसम्म खर्च हुन्छ । यसअघि गाउँमै नोकरी गरिरहेका २८ वर्षीय गुरुङले बिरामी भएपछि कुनै काम गर्न नसक्ने भएका छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका गुरुङले आफ्नो उपचारमा सहयोग गर्न चाहनेका लागि पदमबहादुर गुरुङको नाममा रहेको ग्लोबल आइएमई बैंकको खाता नं ४७०७०१०००५३१३ मा रकम जम्मा गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१