सम्बन्धविच्छेद गर्नेको संख्या बढ्दो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० चैत्र २०७२, मंगलवार ०६:४४

sambandhaजाजरकोट । सँगै मर्ने, सँगै बाच्ने कसम खाएर विवाह बन्धनमा बाँधिएका जाजरकोट भैरीमालिका १२ का खिमराज मल्ल र सोही ठाँउकी सुनिता मल्लको सम्बन्ध चार वर्ष पनि टिक्न सकेन ।
२०६८ सालमा विवाह गरेका खिमराज धेरै पैसा कमाएर सुखी जीवन जिउने अभिलाषासहित २०७० सालमा वैदेशिक रोजगारीको लागि मलेसिया गए ।

दुई वर्षपछि गत भदौमा मलेसियाबाट घर फर्केका खिमराजकी पत्नीसँग केहि दिन राम्रै सम्बन्ध रहेको थियो ।

तर गाँउघरमा उनी विदेशमा गएको बेला पत्नी परपुरुषसँग सम्बन्ध राख्ने गरेको कुरा गाईंगुइ सुनेपछि दम्पतीबीच खटपट सुरु भयो ।

दिनहुँ खिमराजले श्रीमतीलाई कुटपिट गर्न थाले । त्यसपछि श्रीमति माइत गइन् । त्यसको केही दिनपछि खिमराजले आर्को विवाह गरर भारततिर गए । जेठी श्रीमती सुनिताले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरिन् । अन्त्यमा लेनदेनमा सम्बन्ध विच्छेद भयो । सुनता अहिले २१ वर्ष की भएकी छिन् ।

यतिवेला जाजरकोटलगायत देशैभरी वैदेशिक रोजगारीकै कारण सम्बन्धविच्छेदका घटनाहरु बढ्दै गएका छन् । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१