सामाजिक सञ्जालको प्रयोग शिक्षा र ज्ञानमुलक बनाउन जरुरी छ – एसएसपी खनाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० चैत्र २०७२, मंगलवार ०४:५१
  • साधना बस्नेत ।

    Speker Rudiger cloud

१५ दिने निःशुल्क आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिम सम्पन्न भएको छ । समापन समारोहमा International Institute of Journalism, Berlin Germany का Director Dr. Rudiger Cloud (इन्टरनेशनल इन्स्च्यिुट अफ जर्नालिजम, बर्लिन जर्मनीका निर्देशक डा. रुडिगर क्लाउड ) लाई विशेष स्वागत सहित कार्यक्रमको विशिष्ट अतिथि बनाइएको थियो । क्लाउडले कम्प्युटर, मोबाइल, इन्टरनेटको माध्यमले अहिलेको पत्रकारीता सहज बनाएको बताए । आजभन्दा २० वर्ष अगाडी पत्रकारीता गर्दाको संघर्ष र पीडा स्मरण गराउदै क्लाउडले कम्प्युटर र इन्टरनेटको विकासले अनलाइन सोसल मिडियामार्फत हुने पत्रकारीताको चुनौतीहरु बढेर गएकोले अनलाइन पत्रकारीतामा अवसर मात्र नभई व्यवसायिकताको खाँचो रहेको कायक्रममा बताए ।

मोबाइल प्रविधिको विकासले सोसल मिडियाको व्यापकतालाई बढाए सोसल मिडिया प्रयोग र अनलाइन पत्रकारीतामा सकारात्मक सोचको विकास गर्दै लैजानुपर्नेमा जोड दिदै क्लाउडले भने अबको पत्रकारीता सोसल मिडिया, अनलाइन मिडियामार्फत व्यवसायिक र स्वछन्द बनाउन युवा पुस्ताको जागरुकता सचेतता उत्तिकै आवश्यक छ ।

सामाजिक सञ्जालको प्रयोग शिक्षा र ज्ञानमुलक बनाउन अनुशासनको पालना गर्न जरुरी छ – एसएसपी सर्वेन्द्र खनाल
khanal

सामाजिक सञ्जाल प्रयोग गर्दाको पहिलो ख्ुट्किलो फ्रेण्ड्स रिक्वेष्ट एसेप्ट गर्ने या नगर्ने हो यही निर चुक्यो भने साइवर अपराधमा फस्न सकिन्छ त्यसैले सोसल मिडिया प्रयोगमा सचेत हुन र सावधानी अपनाउन जरुरी छ, एसएसपी खनाल समापन समारोहमा बताए ।

कलेज लेभका बिद्यार्थीहरु बढी मात्रामा सामाजिक सञ्जालमा अभ्यस्त रहने हुदा उनीहरु कही कतैबाट साइवर अपराधभित्र तानिने र फस्ने अवस्था बढ्दो छ । त्यसैले बेलैमा सावधानी अपनाउन बिद्यार्थीहरले जरुरी छ । त्यसका लागि बिद्यालय, अभिभावक संघ संस्था र सरोकारवाला निकायहरुले साइवर अपराध बारेको जानकारीलाई समुदाय, स्कुल कलेजबाट व्यापक रुपमा अभियानको रुपमा अगाडी लैजान अत्यावश्यक भइसकेको छ । कारणवश साइवर अपराध परे ५ वर्ष सम्म जेल सजाय र जरीवाना समेत हुन्छ । पछि हतकडी लगाएर चिसो सिंढीमा पर्नुभन्दा बेलैमा साइवर अपराधबाट बच्ने उपाय आजै अवलम्वन गरी साइवर अपराधमुक्त समाज बनाउन सामाजिक सञ्जालको प्रयोगलाई सूचनामुलक बनाउन एसएसपी खनालले सबैलाई अनुरोध समेत गरे ।

विज्ञान प्रविधिको आविष्कारले प्रविधिको माध्यम बनेको इमेल इन्टरनेट, सूचना प्रविधिको यिनै माध्यमलाई अपराध गर्नेहरुले आफ्नो प्रयोग अनुकुल बनाउदै लगेकाप्रति हामी सचेत हुने बेला आएको छ । अपराध गर्नेहरुले सामाजिक सञ्जाल फेसबुक ट्वीटर लगायतका सोसल मिडियालाई बढी प्रयोग गर्दै आएका छन् । प्रविधि हाम्रा लागि जति महत्वपूर्ण छ त्यति नै त्यसको प्रयोगमा सावधानी नअपनाउदा घातक बन्दै गएका उदाहरणहरु सार्वजनिक भइरहेका छन् । सामाजिक सञ्जाल के का लागि प्रयोग गर्ने किन प्रयोग गर्ने कस्ता सूचना, जानकारी र फोटोहरु पेष्ट गर्ने, कस्ता व्यक्तिलाई साथी बनाउने भन्ने बारेको ज्ञान सामाजिक सञ्जाल प्रयोगकर्तामा हुनु आवश्यक छ । सामाजिक सञ्जालबाट अपराधका घटनाहरु १६ देखि २५ वर्षभित्रका व्यक्तिहरुले बढी मात्रामा भइरहेका छन् । कतिपयले सामाजिक सञ्जाल प्रयोगमा सावधानी नअपनाउदा भएको छ भने कतिपयले अपराधिक मानसिकताले गरिरहेका छन् । सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर अपराध गर्नेहरु पनि त्यत्तिकै बढिरहेको बताउदै यसतर्फ सचेत नहुने हो भने जोसुकै जतिबेला पनि साइवर अपराधमा तानिन सक्छ त्यसैलै सामाजिक सञ्जालको प्रयोगमा सचेत हुन र सावधानी अपनाउन सबैलाई महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्बेन्द्र खनालले आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिम समापन समारोह कार्यक्रममार्फत सबैलाई अनुरोध समेत गरेका  छन् ।

समापन समारोहका सभापति आइसिटी पत्रकार विकास मञ्चका अध्यक्ष तथा कार्यक्रमका संयोजक भरतराज उप्रेती, प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति, युवा सूचना केन्द्र काठमाडौंका अध्यक्ष ध्रुबराज न्यौपाने, विशिष्ट अतिथि महानगरीय अपराध महाशाखा हनुमानढोकाका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी सर्वेन्द्र खनाल, राष्टिय प्रेस क्लव नेपालका अध्यक्ष तथा वरिष्ठ पत्रकार रामकृष्ण कर्माचार्य, युवा सूचना केन्द्र काठमाडौंका प्रमुख लीलाराम बस्नेत, एसएसआरडीसीका संस्थापक तथा निर्देशक सबिता उप्रेती, रष्टिय अनलाइन पत्रकार संघका अध्यक्ष, मुकुन्द ढुंगाना, नागरिक समाज विकास नेपालका अध्यक्ष महेशजंग कुँवर, मोबाइल एसोसियसन अफ नेपालका संस्थापक अध्यक्ष अम्बिका प्रसाद ढकाल, हेल्पिङ ह्याण्ड इन्टरनेशनलका सचीव राजेन्द्र अधिकारी, आनन्द अमृत मिडियाका स्वामी शिव आनन्द, मनमैजु महिला समाजकी अगुवा ललिता पनेरु, मानसिग धर्म उच्च मा.वि.का संस्थापक मानसिंग महर्जन, प्राचार्य विनोद पण्डित, तारकेश्वर नगरपालिकाका प्रतिनधि, मनमैजु वडाका प्रतिनिधि लगायतका सामाजिक क्षेत्रका अगुवाहरुको उपस्थिति रहेको थियो ।

7

 आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिम समापन समारोहका फोटो झलकहरु :

123457ambika dhakaldhurbaguest rdgusetkhanalmeneupaneSpeker Rudiger cloudstudentकार्यक्रम जिल्ला खेलकुद विकास समिति, यूवा सूचना केन्द्र काठमाडौको सहयोगमा आइसिटी पत्रकार विकास मञ्चले आयोजना गरेको हो ।  आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिमको उद्घाटन विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले चैत्र १५ गते मानसिग धर्म उच्च मा.वि. मा गर्नुभएको हो । आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिममा मानसिङ उ।मा।वि।का कक्षा ११ र १२ का ४० जना बिद्यार्थीहरुको उत्साहजनक सहभागीता रहेको थियो ।

कार्यक्रम १५ दिन चैत्र १५ गतेदेखि २९ गतेसम्म दैनिक ३ घण्टाका दरले सञ्चालन भएको थियो । तालिम ३५ जना बिद्यार्थीहरुको लागि लक्षित भए पनि तालिममा ४० जना भन्दा बढी बिद्यार्थीहरुको सहभागीता रहको संस्थाले जनाएको छ । तालिममा कम्प्युटर इतिहास, अनलाइन तथा सामाजिक सञ्जाल प्रयोग, ब्लग सञ्चालन र लेखन, मोबाइल सुरक्षा तथा साइवर अपराध, अनलाइन मिडियाको आचारसंहिता को बारेमा सम्बन्धित विज्ञहरुबाट प्रशिक्षण दिइएको थियो । तालिममा अनलाइन पत्रकारीता, सामाजिक सञ्जालको प्रयोग कसरी सूचना र ज्ञानमुलक बनाउन सकिन्छ भन्ने बारेको आधारभुत ज्ञान बिद्यार्थीहरुलाई दिइएको संस्थाका संस्थापक तथा कार्यक्रम संयोजक भरतराज उप्रेतीले बताए ।

१५ दिने तालिमको अवसरमा अनलाइन पत्रकारीता तालिमसँगै बढ्दो साइवर सुरक्षा र चुनौतीको बारेमा बिद्यार्थीहरुलाई सचेतना दिइएको थियो । अनलाइन मिडिया सञ्चालन, व्यवस्थापन र अनलाइन मिडियामार्फत हुने साइवर अपराधको जानकारीको बारे प्रेस काउन्सिल नेपालको तर्फबाट अध्यक्ष बोर्ण बहादुर कार्कीले दिनुभएको थियो ।
वेभ डिजाइन कन्सेप्ट र सर्च इन्जिनका बारेमा वेभ इन्जिनियर सुरेन्द्र बूढाथोकीले तालिममा सहभगीहरुलाई सहजीकरण गर्नुभएको थियो ।

चैत्र १९ गते शुक्रबार तालिममा सहभागी ३५ जना बिद्यार्थी लगायत सरोकारवारा निकायका प्रमुखहरुलाई मुनि बहादुर शाक्यको इनोभेसन सेन्टरमा कम्प्युटर मेसीन, इ लाइब्रेरी, टेलिमेडिसिन लगायतका प्रविधिका उपकरणहरुको अवलोकन भ्रमण लगिएको थियो ।

सो भ्रमण कम्प्युटर ज्ञानको महत्वपूर्ण उपलब्धिको रुपमा रहेको सहभागी बिद्यार्थीहरुले बताएका थिए भने प्रत्यक्ष आँखाले नेपालमा नै कम्प्युटर इनोभेसन र कम्प्युटर प्लान्टको जानकारी पाउने अवसरले कम्प्युटर प्रविधिको आधारभुत ज्ञानका लागि प्रेरणको स्रोत बनेको सहभागीहरुको सकारात्मक प्रतिक्रिया रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१