युवतीहरु आफ्नो पति वा प्रेमिको यस्ता व्यवहार मन पराउँदैनन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ चैत्र २०७२, सोमबार ११:०१

सबै सम्बन्धहरु मायाप्रेमसँग जोडिएको हुन्छ । तर कतिपय अवस्थामा एक अर्काप्रति केही असन्तुष्टिहरु पनि हुने गर्दछन। मायाप्रेममा केयरिङ-शेयरिङ हुनु धेरै आवश्यक छ । हामीले यहाँ प्रेमिका वा पत्नीले आफ्नो प्रेमि वा पतिको मन नपराउने ५ कुराहरुलाई देखाईएको छ पढ्नुहोस ।

girls

१ . युवतीहरुले आफ्नो प्रेमि वा पतिले आफूलाई धेरै महत्वो दिउन भन्ने चाहन्छन । प्रायजसो पुरुषहरु व्यस्त रहन्छ यस्तो युवतीहरुलाई मन पर्दैन ।
२ . यदि तपाईं घर र करियरसँग जोडिएको सबै निर्णय एक्लै गर्नुहुन्छ, उनलाई सोध्नु हुन्न भने त्यो पनि तपाईंकी प्रेमिका वा पत्नीले मन पराउँदिनन् ।

३ . प्राय युवतीहरुको के गुनासो गर्छन् भने प्रेमिले आफ्नो कुरा सुन्दैन । सुनिहाले पनि खासै महत्व दिँदैन । आफूले केही कुराभन्दा उसले ध्यान दिएर सुनोस् भन्ने उनीहरुको चाहना हुन्छ ।

४ . युवतीहरु आफ्नो प्रेमिले आफ्नो खुलेर तारिफ गरोस भन्ने चाहन्छन । साथीहरुको बीचमा आफ्नो प्रेमिले तारिफ गरोस् भन्ने उनीहरुको चाहना हुन्छ । तिमी राम्री देखिएकी, तिमीलाई यो पहिरन कस्तो सुहाएको भन्दिने हो भने उनीहरु धेरै खुसि हुन्छन ।

५ . प्रायजस्तो पुरुषहरु अन्तरंग सम्बन्धपछि तुरुन्तै सुत्छन् । तर महिलाहरुलाई यस्तो मन पर्दैन । उनीहरु आफ्नो पति वा प्रेमिले केहीबेर मायाप्रेमका कुरा गरोस् भन्ने चाहन्छन् । यी सम्पूर्ण कुराहरु तपाइहरुले लागु गर्नुभयो भने तपाइको पत्नी वा प्रेमिका ले तपाइलाई धेरै मन पराउनेछिन । एजेन्सी ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१