रामकृष्ण ढकालको आवाजमा छुट्टै मिठास

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ चैत्र २०७२, सोमबार ०७:३३

गीत राम्रो होस् या नराम्रो, गायक रामकृष्ण ढकालको आवाजमा छुट्टै मिठास  छ । स्वर सम्राट नारायण गोपालको जस्तो मीठो आवाज यिनै गायक ढकालको कण्ठमा पनि भएकैले उनलाई दोस्रो नारायण गोपाल भनेर पनि चिनिन्छ । हुन त नेपाली सांगीतिक आकाशमा मीठा स्वरहरु गुन्जाउन अरु धेरै कलाकारहरु पनि कम छैनन । पछिल्लो पुस्ताका गायकहरु प्रमोद खरेल, शिव परियार, राजेशपायल राइ मेलिना अमात्य ,अन्जु पन्त ,आदिले पनि नेपाली सांगीतिक इतिहाँस रचिसकेका छन । यहि क्रममा नबोदित गायक गायिका हरु पनि कम्मर कसेर मेहनत गरिरहेका छन् । कतिपय नवोदित गायक तथा संगीतकार हरुले आफ्नो संगीत सिर्जनालाइ अग्रज कलाकारहरु मार्फत प्रस्फुटित गराउने क्रम पनि चलेको छ । जसको एक उदाहरण हो गीतकार दिपक कुमार शर्माको ‘तिमि संगै संसार घुम्ने ‘ बोलको गीत ।
यस गीतलाइ गायक तथा संगीतकार रमेश संग्रौलाले प्रसिध्द गायक रामकृष्ण ढकाललाइ गाउन आग्रह गरे र त्यो गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक पनि भयो । सग्रौला आफै भिडियो निर्देशन र सम्पादन गर्न पनि पछी हट्दैनन् । उनले दर्जनौं गीतहरुमा त्यसो गरिसकेका छन्। गीतकार दिपक कुमार शर्मा पनि आफै क्यामरामा पोख्त छन्। गायक ढकाल द्वारा स्वर बद्ध यस गीतमा गायक तथा संगीतकार संग्रौला र गीतकार शर्मा आफैले भिडियो निर्माण गर्ने निर्णय गरी कलाकारहरुको खोजीमा जुटे फलस्वरूप नवोदित कलाकारहरु त्रेय- प्रविन चटौत ,शिला बोगटी र शान्ति खड्काले जटिल कथाबस्तु रहेको भिडियोमा अथक मेहनत गरेर अभिनय दिए । मोडेल चटौतले यस अघि पन केहि म्युजिक भिडियो हरुमा आफ्नो अभिनय दिइसकेका छन् । काठमाडौँ र यस आसपासका क्षेत्र, गोदावरी, जाउलाखेल ,कोटेश्वर र रत्नपार्कमा भिडियोको छंयाँङकन भयो । भिडियोलाई नेपाली म्युजिक भिडियो प्रोडक्सन प्रा. लि. ले बजार ब्यबस्थापन गरेको गीतकार शर्माले बताए । भिडियोलाई नेपाली म्युजिक भिडियो प्रोडक्सन प्रा. लि. पनि नया म्युजिक भिडियो कम्पनि भएको उनले जानकारी दिए । नयाँ भए पछि आफु स्थापित हुनका लागि होला प्रा .लि .ले राम्रो सहयोग गरेको अनुभव सुनौन्दै नेपाली म्युजिक भिडियो निर्माण गर्न सस्तो र भरपर्दो कम्पनिको रुपमा यसलाई लिन सकिने कुरा पनि शर्माले बताए ।

भिडियो हेर्नुहोस ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१